‘जुठे’को प्रशारण रोकियो, अब ‘जुठे’ले न्याय पाउछ

 

काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव नभएकाले प्रशारण रोकिएको निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छि ध्रुवे’ले बताए । निषेधाज्ञा खुकुलो भएसँगै छायाँकन गरेर प्रशारणमा ल्याइने उनले बताए ।

टेलिसिरियलले उठाएको विषयवस्तुमा आम सर्वसाधारणले मनपराएपनि दलित समुदायका केही अभियन्ताले दलितलाई हेप्ने गुनासो समेत गरेका । युट्युबमा आएको कतिपय कमेन्टमा दलित समुदायले गुनासो गरेपछि आगामी एपिसोडमा परिमार्जन गरिने पनि निर्देशक श्रेष्ठले जानकारी दिए ।

हरेक एपिसोडमा अब के हुन्छ भन्ने एकखालको कौतुहलता भइरहेको सन्दर्भमा निर्देशकद्धय राजु पौडेल र श्रेष्ठले अन्तिममा जुठेको जित हुने रहस्य खोलिदिएका छन् ।

‘जुठे’ हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रशारण हुँदै आएको छ । मरिचमान र राजु पौडेलको संयुक्त लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा लगायतका कलाकारको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 587 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडा नम्बर–१५ बाट एकीकृत समाजवादीको आशा