Tuesday, August 3, 2021
HomeBreaking Newsदेउवा भन्छन्, फेरि सभापतिमा उठ्छु, निधिले भने ‘मलाई सघाउनुस्’

देउवा भन्छन्, फेरि सभापतिमा उठ्छु, निधिले भने ‘मलाई सघाउनुस्’

महेश्वर गौतम,
sharethis

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी भदौमा हुने १४औं महाधिवेशनमा फेरि एकपटक आफू सभापतिमा उठ्ने बताएका छन् ।

सभापति देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का आफूनिकट नेताहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे मुख खोलेका हुन् ।

सो क्रममा देउवाले महाधिवेशन निर्धारित मितिमा नै हुने र आफू पार्टीको नेतृत्वका लागि सभापतिमा एकपटक पुनः उठ्ने बताए ।

‘पार्टीको महाधिवेशन अब तोकिएकै मितिमा हुन्छ, यसमा कुनै दुई मत छैन, म सभापतिमा उठ्छु, आउने चुनावमा पार्टीलाई पहिलो बनाउने चुनौती छ, सबैले सहयोग गर्नेगरी वातावरण बनाउनुस्,’ देउवाले राखेको धारणाबारे जानकारी दिँदै केन्द्रीय सदस्य मीन विश्वकर्माले राजधानीसँग भने ।

बिहान प्रदेश १ का नेताहरूलाई भेटेका देउवाले दिउँसो भने उपसभापति विमलेन्द्र निधिसहितका नेताहरूसँग पनि छलफल गरेका थिए ।

सो छलफलमा समेत देउवाले आफू महाधिवेशनमा सभापतिका लागि भिड्ने बताएका थिए । देउवाको सो भनाइपछि उपसभापति निधिले पनि सभापतिमा आफू पनि उठ्ने जानकारी देउवालाई गराएका थिए ।

‘यसपटक मलाई सभापतिमा सघाउनुस्, तपाईं प्रधानमन्त्री बन्नूस्, मैले पहिले पनि भन्दै आएको छु, तपाईंकै समर्थनमा म लड्छु,’ निधिले सभापति देउवालाई आग्रह गर्दै भनेका थिए ।

सो क्रममा देउवाले भने निधिको प्रस्तावलाई सहज रूपमा लिएका थिएनन् । देउवाले निधिलाई ‘उठ्ने भए ठिकै छ, उठ्नुस्’ भन्ने आसय दिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । सो छलफलमा नेता आनन्द ढुंगाना, जंगीलाल रायसहितका नेता सहभागी थिए ।

कांग्रेसले शुक्रबार मात्र पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकमार्फत अनुमोदन गरेको थियो ।

जसअनुसार गाउँ/नगर वडा अधिवेशन १२ साउन, गाउँ÷नगरपालिका अधिवेशन १६ साउन, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौमा हुनेछ । यस्तै केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म हुने तय भएको छ ।

 

(Visited 202 times, 1 visits today)
Loading comments...

आजको समाचार

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

साताका लोकप्रिय समाचार

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

  काठमाडाैं ।  सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको...

घण्टौ सम्म विद्युत आपुर्ती नहुँदा सिन्धुबासी समस्यामा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सदरमुकाम चौतारा लगायतका बस्तीहरुमा लामो समयसम्म विद्युत आपुर्ती नहुदा सेवाग्राहीहरु मर्कामा परेका छन् । दिनहुँ घण्टौसम्म विद्युत नआउदा सेवाग्राहीहरु लामो समयदेखि समस्यामा...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व...

ट्रेन्डिङ

माईक्रो–अटो ठोकिदा एकको मृत्यु, आफन्तद्वारा सडक अबरुद्ध

नेपालगन्ज ।बाँकेको कोहलपुर क्षेत्रमा बितेका दुई दिनमा भएका छुट्टछुट्टै सडक दुर्घटनामा परेर दुईजनाले ज्यान गुमाएपछि स्थानीय आक्रोशित हुँदै यातायात ठप्प पारेका छन् । बिहीबार बिहान...

बैतडीका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीका थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार थप भएकाहरुमा पाटन नगपालिकाका १८, दोगडाकेदार गाउँपालिकाका २ र सुर्नगा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)