Tuesday, August 3, 2021
Homeबिचारनिषेधाज्ञाले मात्रै घटदैन संक्रमण

निषेधाज्ञाले मात्रै घटदैन संक्रमण

डा. प्रकाश बुढाथोकी,
sharethis

 

उपत्यकालगायतका प्रमुख प्रभावित सहरमा निषेधाज्ञा लगाइएको चार साता नाघिसक्दा देशभर निषेधाज्ञा छ । तथापि, संक्रमित र मृत्यृको संख्या ओर्लिन उल्लेखनीय सुरु गरेको छैन । दैनिक संक्रमण दर ३० प्रतिशतबाट घट्न सकेको छैन । आर्थिक क्षेत्रलाई क्रमशः चलायमान गर्दै लैजाने नीतिअनुसार काठमाडाैँ उपत्यकामा एक दर्जन क्षेत्र सर्तसहित खुला रहनेगरी निषेधाज्ञा असार १ गतेदेखि १ साता लम्बायो । तर, तोकिएका र अनुमतिबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन, शैक्षिक संस्था, सभा, सम्मेलन, जुलुस, सिनेमाहल, मठमन्दिर, नित्यपूजाबाहेक निषेधात्रा यथावत् रहनेछ । असार १ गतेदेखि १७ जिल्लामा निषेधाज्ञा जारी छ ।

सरकार निषेधाज्ञामा मात्र भर नपरी प्रभावकारी जनस्वास्थ्य मापदण्ड पालना, कन्ट्याक्ट ट्रेसिङ थालेर त्यहीअनुसार परीक्षणको मात्रा बढाउनपर्छ । हाम्रो स्वास्थ्य पूर्वाधारले सहजै धान्ने र समुदायमा संक्रमित फाट्फुट देखिई संक्रमणदर ५ प्रतिशत कम भए मात्र निषेधाज्ञा हटाउन सकिने विश्व स्वास्थ्य संगठन बताउँछ । कोरोना महामारीविरुद्ध लड्न धेरै देशले अनेकन उपाय अपनाएका छन तर नेपाल सरकार लकडाउन र कफ्र्युको भरमा मात्रै महामारीलाई पराजित गरेर इतिहास रच्ने दाउमा भएजस्तो देखिन्छ । मानिसलाई बेरोजगारी, कुपोषण र भोकमरीमा धकेल्ने देखिन्छ । तर, अब मान्छेको मन डराए पनि पेट डराउनेछैन । तयारी र काम केही नगरी देशभर लकडाउन र अहिले स्थान विशेषमा निषेधाज्ञा कहिलेसम्म ?

निषेधाज्ञा खोल्नुको अर्थ मुलुकलाई विश्वव्यापी महाव्याधिको चक्रबाट मुक्त बनाउन अझ जटिल परीक्षा दिनु पनि हो

सतर्क, सजक र सुरक्षाका उपाय सुन्ने, पढ्ने र हेर्ने मात्र नभई व्यवहारमा इमानदारिताका साथ अवलम्बन गर्नुपर्छ
महामारी रोक्न निषेधाज्ञाको मात्रै भर नपराैँ

एकान्तबास

कोरोना भाइरसको महामारी रोक्न देशमा निषेधाज्ञा र नागरिकले संक्रमणबाट बच्नकै लागि घरभित्र थुनिएर बस्न परेको आवश्यकता र बाध्यता दुवै छ । तथापि, नयाँ भेरियन्टले संक्रमण मात्र नभई मृत्यृदरलाई बढाउँदा घरभित्र बस्ने समय बढ्नुको विकल्प थिएन । सहरबाट गाउँघरमा कोरोना पुग्दैन भन्दै गाउँघरमा पुगेकामा र वरपरकामा पनि लक्षण देखिन थालेपछि कोरोना गाउँगाउँमा पुगेको स्पष्टै देखिन्छ । पहिलो लहरमा सक्रिय स्थानीय जनता, तह दोस्रो लहरमा निष्क्रिय छन् । क्वारेन्टिन, आइसोलेसन, सीआईसीटी छैन, संक्रमित गाउँघरमा चिया गफ, भेटघाट, घाँसदाउरा गर्दै हिँडिरहेका छन् । संक्रमितसँग न नजिकै औषधि न पल्स अक्सिमेट्री, थर्माेमिटर न प्रयोगशाला वा एक्सरे गर्ने स्थान नै छन् जसले गर्दा जटिल भए मात्र अस्पताल तथा सहर पुग्दा जटिलता र मृत्यृको बढोत्तरी भइरहेको छ ।

बत्ती र इन्टरनेट नभए सामाजिक सञ्जालमा रमाउन नपाए समय बिताउन महाभारत बनेको छ । सकारात्मकभन्दा नकारात्मक कुरा चाडो फैलने अर्थात् भाइरल बन्ने कारणले नकारात्मक असर उच्च छ । बिहान उठनासाथै शव, मृत्यृ, श्रद्धाञ्जली, समवेदनाले दिनभर पीडा दिन्छ । आत्मबल बढाउने र तथ्यसहितका सही कुरा फैलाए सामाजिक सञ्जालको गरिमासँगै हर मानिसको आत्मबल पनि बढ्नेछ । त्यसो त खुला आकाशमुनि घुम्न, रमाऊन र चाहेको तथा गरिरहेका काममा फर्कन सबैको इच्छा छ ।

लक्षण हुँदाहुँदै पनि २/४ दिन हेराैँ परीक्षण गरेर पनि केही थप उपचार हुने होइन भन्नेको जनसंख्या बढ्दै गर्दा गम्भीर लक्षण र मृत्यृमा बढोत्तरी भएको छ । संक्रमितमा निमोनियाको लक्षण देखिन ५ देखि १० दिन लाग्ने, त्यसबेलासम्म ज्वरो हटिसक्ने, खोकी अलिअलि लाग्ने वा बढ्ने गर्दा औषधि खाएर घरमै बसी खोकी निको पार्नतिर लाग्छन् । कोरोनाको जोखिमयुक्त पक्ष भनेकै बिरामीको स्वास्थ्य अचानक गम्भीर हुनु हो, के घरमै आइसोलेसनमा बस्दा सावधानी अपनाउँदा अपनाउँदै सर्ने जोखिम तथा जटिलता र मृत्यृको जोखिम टार्न सकिन्छ त ?

विकल्प खोप

मूलतः देशको कुल जनसंख्या ३ करोड ३ लाख ६६ हजार ४ सय ८५ जना रहेको सरकारी अनुमान छ । २०७८ पुस १७ सम्म सबैलाई अर्थात् खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने प्रतिबद्धता जनाएको थियो । औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसिल, कोभ्याक्सिन, स्पुतनिक भी र साइनोभ्याकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । २०७८ साल जेठ २८ सम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन । आजसम्म कोरोना संक्रमित ६ लाखमा ८ हजार ५ सयले ज्यान गुमाएका छन् । १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपको प्रतीक्षामा छन् । प्रतिबद्धता खोप उपलब्ध गराउने जनाएका देशले सुनिश्चितता र सरकारले आफ्ना संयन्त्रो सशक्त परिचालन गर्न नसकेकाले पूरा हुने देखिँदैन ।

हिमाली क्षेत्रमा पटकपटक खोप पु¥याऊन गाह्रो, उपचार सुविधाको कमी र पटकपटक खोप अभियान गर्न समस्या हुने भएकाले प्राथमिकता दिई १८ वर्षमाथिका सबैलाई खोप दिइएको न्यायोचित छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको अगामी निर्वाचन कात्तिक २९ र मंसिर ३ गते पहिले १८ वर्षमाथिका सबैलाई खोप दिइसक्ने बताएका छन् । त्यो कसरी सम्भव होला भन्नेमा सबै सचेत बन्न जरुरी छ ।

जिम्मा नागरिककै काँधमा

कोभिड १९ तीव्र रूपमा फैलिने तर सापेक्षित कम मृत्यृदर भएको रोग हो । मौसमी रुघाखोकी गराउने अन्य भाइरसजस्तै भए पनि कोभिड–१९ गराउने सार्स कोभ २ को मानिसमा मृत्यृदर अरूभन्दा बढी अर्थात् २ देखि ३ प्रतिशतसम्म छ । जबकि महामारी गराउने भाइरसमध्ये माबर्गको ८०, निपाहको ७७.६, हेन्ड्राको ५७, बर्डफ्लुको प्रजातिअनुसार ३९ देखि ५३, इबोलाको ४०.४, मर्सको ३४.४ र सार्सको ९.६ प्रतिशत मृत्यृदर छ । अहिले पनि समुदायमा हैजादेखि क्षयरोग, नसर्नेरोगका कारण हुने मृत्यु धेरै छ ।

निषेधाज्ञाका बेला भने परिवारभित्र कोरोना फैलिँदै गएको हो कि भन्ने शंका उत्पन्न भएको छ । डाक्टरसाब उहाँलाई पहिला कोरोना देखियो अनि परिवारैले परीक्षण गरायौं सानो नानीबाहेक हामी सबै संक्रमित भइसकेछांै तथापि लक्षण देखिएको छैन, अब के गर्ने भन्दै फोन गर्ने उपत्यकामा बढ्दै छन् । पहिलाभन्दा आजभोलि फरक भनेको घरमा एक जना संक्रमित भए पनि अन्य हुँदैनथे । निषेधाज्ञा सुरु भएपछि ह्वात्तै बढेको देखिन्छ । एकअर्काबीच हेलमेल हुन नदिई संक्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञा लगाए पनि परिवारका कुनै एक सदस्यमार्फत संक्रमण भित्रिएपछि भाइरसले सहजै पहु“च बढाएको पाइन्छ । दोस्रो पहिला जोकोही संक्रमित हँुदा अस्पताल लगिन्थ्यो र नेगेटिभ रिर्पाेट नआएसम्म डिस्चार्ज गरिँदैन्थ्यो । परिवारमै संक्रमण हुन थालेपछि पाको उमेर र दीर्घरोगीमा प्रत्यक्ष प्रभाव पार्न थालेको तथ्यांक छ, जसका कारण लक्षणसहितका र मृत्यृदर बढेको छ । निर्देशिकाले परिवारमा कोही संक्रमित भए होम आइसोलेसनको परिकल्पना गरेको छ तर परिवारै संक्रमित भए के गर्नेमा स्पष्ट छैन । संक्रमितसँग कसरी सर्तकता अपनाउनेमा उल्लेख छ तर नाबालक, वृद्ध वा दीर्घरोगी मात्र बा“की रही सबै संक्रमित भए उनको खानपान, स्याहारसुसार कसले गर्ने, परिवार आइसोलेसनमा रहँदा दैनिक खाद्यसामग्री, मानसिक तनाव, लक्षण देखिए अस्पताल लैजानेको जोहो कसले र कसरी गर्नेमा मौन छ जुन ठूलो चुनौती हो । जसमा छिमेकी,समुदाय र टोलले नै हौसला, सहयोग र समन्वय गर्नुपर्छ ।

अन्तमा, अमेरिकामा त रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पत्ता लागेका भन्दा १० गुणा बढी संक्रमित रहेको अनुमान गरेको छ भने हामीकहाँ दैनिक १० देखि १५ हजारको परीक्षण गर्दा धेरै संक्रमित अहिले पनि पहिचान भइनसकेको अवस्थामा रहेका हुन सक्छन् । ज्येष्ठ नागरिकलाई नर्सिङहोममा राख्ने चलन छैन, दाहसंस्कारका लागि चिकित्सकको प्रमाणपत्र अनिवार्य छैन । भारतजस्तै संयुक्त परिवार छ र अब लकडाउनभन्दा व्यक्तिगत लकडाउन अर्थात् सुरक्षा नै जरुरी छ । सतर्क, सजक र सुरक्षाका उपाय सुन्ने, पढ्ने र हेर्ने मात्र नभई व्यवहारमा इमानदारिताका साथ अवलम्बन गरौं । सरकारले आफ्नो जिम्मेवारी पूरा गरिसकेपछि अब जिम्मा नागरिककै जिम्मामा छ । लकडाउन खोल्नुको अर्थ देशको अर्थतन्त्र र नागरिकको दैनिकी सहज बनाउनु मात्र होइन, मुलुकलाई विश्वव्यापी महाव्याधिको चक्रबाट मुक्त बनाउन अझ जटिल परीक्षा दिनु पनि हो ।

 

(Visited 145 times, 1 visits today)
Loading comments...

आजको समाचार

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

साताका लोकप्रिय समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास...

कालो ढुसीको औषधि पाउनै मुस्किल

काठमाडौं । कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरर्माइकोसिस)का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

ट्रेन्डिङ

दैलेखमा चट्याङ लागेर एकजना घाइते

दैलेख । शुक्रबार बिहान ११ बजे चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्ला सदरमुकाम नारायण नगरपालिका –१ भगवतीटोलकी ५०...

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

हेटौँडा । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)