तिव्वतको रोडसी खोलाको ताल खुल्यो, तामाकोशीमा बाढी आउने सम्भावना टर्याे

 

दोलखा । तिव्वतको रोडसी खोलाको त्रासबाट नेपाली मुक्त भएका छन् । पहिरोले थुनिएका रोडसी नदी चिनिया नागरिकले खुलाएपछि तत्कालका लागि नेपालमा जोखिम टरेको हो ।

भारी बर्षासँगै आएको पहिरोले थुनिएको तामाकोशी नदीको मुख्य सहायक खोलाको रुपमा रहेको तिव्वतको रोडसी खोलामा ताल बनेको थियो ।

चिनिया राजदुतवासले चिनियाँ टोलीले ताल खोलेको र क्षति नहुने गरी पानी छाड्न सुरु गरिएको जानकारी दिएकाले नेपालमा जोखिम नहुेने दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । चिनियाँ अधिकारी र सुरक्षाकर्मीले पहिरो पन्छाएर तालको पानीलाई खोलेका जानकारी आउन साथ तामाकोशी नदीको आसपासमा बसोवास गर्ने नागरिकमा त्रासमुक्त भएका छन् ।

दुई दिनदेखि पानी जमेर बनेको ताल खोलेर नदीमा पानी प्रवाह गर्न थालिएपछि तामाकोशी नदीमा बाढी आउने खतरा तत्कालका लागि टरेको नदी किनारमा बसोवास गर्ने लोकराज पाठकले बताए ।

ताल भरिएर बगेको पानी तामाकोशी नदीमा मिसिदा हिजो वेलुकी पानीको बहाव बढेको थियो । तर, आईतबार बिहान ३ बजेदेखि तामाकोशीको जलाशयमा पानीको वहाव लगातार घट्दै गएको थियो । नेपाल र चिनको सिमा जोडिएको ६० र ६१ नम्बरको सीमा स्तम्भ नजिकै पहिरोले खोला थुनिएर ताल बनाएको थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 436 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा अत्यावश्यक मनोसामाजिक परामर्श