Monday, August 2, 2021
Homeप्रदेशप्रदेश २ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजधानी समाचारदाता,
sharethis

 

इटहरी । टिपरको ठक्करबाट इटहरीका एकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार मोरङको सुन्दरहरैँचा ९ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको तत्काल अल्फाबेट नम्बर नखुलेको टिपरले पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५९७९ नं. को मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ४ बस्ने अन्दाजी ३५ वर्षीय दिपु साह रहेका छन् । त्यस्तै, धनकुटा नगरपालिका ७ पाख्रीबास बस्ने अन्दाजी ५० वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । थापा नेपाली कांग्रेस धनकुटाका सचिव समेत रहेको खुलेको छ ।

दुवै जनाको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको एसपी शर्माले जानकारी दिए ।

त्यस्तै, पाख्रीबासकै २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते एका छन् । उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बिपरीत दिशा तर्फ जाँदै गरेको को २९ प ९५५० नं. को मोटरसाइकल समेत अनियन्त्रित भई दुर्घटना भएको थियो । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् भने दुर्घटना गराउने टिपरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

साताका लोकप्रिय समाचार

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास...

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले...

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। यसअघि हिजोका लागि...

ट्रेन्डिङ

राइनासकोटमा रेस्लिङ प्रतियोगिता

लमजुङ । लमजुङमा भ्रमण वर्ष– २०२० लाई सफल बनाउन सहयोग गर्ने उद्देश्यका साथ ग्रामीण पर्यटकीय केन्द्र राइनासकोटमा रेस्लिङ प्रतियोगिता गरिएको छ । राइनास...

दुई महिनाभित्र रेल सञ्चालनमा आउने

काठमाडौं । सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)