प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले कुनै पनि कार्य गर्दा जहिले पनि हामी आफू सुरक्षित हुनु प्रथम प्राथमिकता हुन्छ र किनकि यदि हामीले सावधानीका साथ सुरक्षा अपनाएर कार्य नगर्नाले हाम्रो ज्यानसमेत जोखिममा पर्न सक्छ । त्यसमा पनि प्राविधिक कार्य अझ बढी जोखिमपूर्ण हुन्छ । त्यस कारणले हामीले प्राविधिक कार्य गर्दा अझ बढी सावधान भएर सुरक्षात्मक ढंगले कार्य गर्नु आवश्यक हुन्छ ।

दुर्घटना विभिन्न कारणले निम्तिन्छ । हामीले जुन कार्य गर्न लागेका छौं । त्यससम्बन्धी ज्ञान, सीपहरू नहुनुको कारणले पनि दुर्घटना हुन सक्छ । हामीले प्राविधिक कार्य गर्दा खेरी सही टुल्सको प्रयोग सही ठाउँमा प्रयोग नगर्नाले पनि दुर्घटना हुन सक्छ । प्राविधिक कार्य गर्दा जुन मेसिन तथा इक्युपमेन्टको प्रयोग गर्छौं त्यस मेसिन तथा इक्युपमेन्टको म्यानुअल नहेर्नाले पनि दुर्घटना निम्तिन्छ । त्यसैले हामीले कुनै पनि प्राविधिक कार्य गर्दा त्यस मेसिन तथा इक्युपमेन्टको म्यानुअल राम्रोसँग पढेर मात्र प्रयोग गर्नुपर्छ र हामीले कार्यशालामा फस्ट ऐड किटहरू पनि राख्नुपर्छ ताकि यदि सामन्य घाउ चोटपटक लाग्या भने हामीले बेलैमा उपचार गर्न सक्छांै ।

मेसिन सफा गर्दा हामीले पहिला मेसिनको स्विच अफ गर्नुपर्छ । कार्यशालामा कार्य गर्दा हामीले इमर्जेन्सी बटन कहाँनेर छ ? त्यसको हामीले जानकारी लिनुपर्छ ताकि हामीले कार्य गर्दा केही खतराको संकेत पायांै भने अथवा दुर्घटना हुने सम्भावना भयो भने इमर्जेन्सी बटन थिचेर हामीले सचेत गराउन सक्छांै र दुर्घटना हुनबाट बच्न र बचाउन सक्छौं । चालक तथा अपरेटरहरूको रक्षाका लागि हामीले गाडीमा जिपियस सिस्टम राख्नुपर्छ ताकि हामीले चालकको स्थिति केकस्तो छ भनेर हामीले आफू बसेकै स्थानबाटै निग्रानी राख्न सक्छांै र चालक तथा टेकनिसियनका लागि भनेर विभिन्न एप्प्स तथा नयाँ प्रविधि आएका छन् । त्यसलाई हामीले प्रयोगमा ल्याउनपर्छ ।

राज्य प्रशासनमा अहिले देखिएको मुख्य चुनौती भनेको नै कर्मचारीको अस्थिरता हो

समयमै कार्यस्थलको डाटा दिने प्रविधि यस्तो खालको प्रविधि हो जसले यदि कुनै घटना घट्यो अथवा कार्यस्थलमा यदि केही हुन लाग्यो भने सेन्सरले डिटेक्ट गर्छ र सूचना दिन्छ ताकि हामीले समयमै त्यो स्थानमा त्यहाँ कार्य गरी रहेको व्यक्तिलाई समयमै थाहा भएर जोगाउन सक्छौं र यस्ता खालका प्रविधि अब नेपालको हरेक सरकारी तथा निजी कार्यशालामा राख्न्न एक्दम जरुरी देखिन्छ ।

कुनै पनि दुर्घटना हामीलाई थाहा भएर हुँदैन र दुर्घटना हुनुको कारण हाम्रो लापर्बाहीको कारण पनि हुन सक्छ । हामी काम गर्दा अत्यन्त गम्भीर भएर गर्नुपर्छ । अन्यथा हामीले नसोचेको घटनाबाट हाम्रो शारीरिक अपांगता तथा मृत्युसमेत हुन सक्छ । प्राविधिक कार्य गर्दा अपरेट, ड्राइभर, इलेक्ट्रसियन, मेकानिक्सहरूले लापर्बाही भएर काम गर्नाले विभिन्न दुर्घटनाका घटना हामीले सुनेकै छांै ।

दुर्घटनाबाट बच्न काम गर्दा सधैं हेल्मेट, अप्रोन, जुत्ता, एअरप्लगलगायत व्यक्तिगत सुरक्षाका उपकरण प्रयोग गर्नुपर्छ । कार्यस्थलमा कार्य गर्दा हामीले कपाल बाँधेर कार्य गर्नुपर्छ र खुकुलो लुगा पहिरिनुहुँदैन । हामीले कार्य गर्दा सिक्री, चुरा जस्ता धातुजन्य सामान प्रयोग गर्नुहुँदैन ।

चालक तथा अपरेटरले हलुका तथा भारी सवारी चलाउँदा अगाडिको प्यानल बोर्डमा दिएको संकेतहरू हेरेर चलाउनुपर्छ । र यसको संकेतहरूले के भनेको हो बुझेर मात्र गाडी चलाउनुपर्ने हुन्छ किनकि यो बोर्डले हाम्रो गाडीको अवस्था केकस्तो छ भनेर हामीले संकेत गरिरहेको हुन्छ र हामीले यी संकेत नबुझेर हामी खतरमा पुग्न सक्छांै । यसमा हाम्रो गाडीमा खतरा भयो भने पनि संकेत गरिरहेको हुन्छ । त्यसैले हरेक हलुका तथा भारी सवारी चालकलाई यो विषयमा तालिम दिनु जरुरी हुन्छ, यस्तो खालको तालिम हाम्रै नेपालमा सरकारी तवरबाट यान्त्रिक तालिम केन्द्रमा पनि हुन्छ ।

दलीय एवं व्यक्तिगत स्वार्थमै राज्य सञ्चालन गर्ने प्रवृत्तिका कारण लोकतन्त्र जनकल्याणकारी व्यवस्थामा स्थापित हुन नसकेको सर्वविदितै छ

इलेक्ट्रसियनले इलेक्ट्रकलसम्बन्धी कार्य गर्दा मेन स्विच अफ गरेर कार्य गर्नुपर्छ । हामीले इलेक्ट्रिकलसम्बन्धी कार्य गर्दा कुचालक वस्तु लगाएर काम गर्नुपर्छ । कुचालक वस्तु लगाएर हामीले कार्य गर्दा करेन्टको झट्का अलि कम लाग्ने सम्भावना हुन्छ । हामीले कहिल्यै पनि कुनै पनि इलेक्ट्रकलसम्बन्धी उपकरण’bout ज्ञान नभई यस्ता चिज चलाउनुहुँदैन ।

इलेक्ट्रकल पार्टसमा सबै खालका धातुजन्य वस्तु अर्थिङ गर्नुपर्छ । फ्युजको रेटिङ पनि हामीले आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ । जहिले पनि तारलाई सही तरिकाले कुचालक वस्तुले बेर्नुपर्छ अथवा राम्रो कुचालक टेप प्रयोग गर्नुपर्छ । ट्रान्स्फर्मेर तेल, डिजेल तेल र इलेक्ट्रकल वस्तुनजिकै धुमपान गर्नुहुँदैन । हाम्रो कार्यस्थलमा हाम्रो सुरक्षाका लागि आगो निभाउने उपकारण राख्नुपर्छ । जहिले पनि इलेक्ट्रकल तारको प्रयोग गर्दा जुन ठाउँमा जति करेन्टरेट आवश्यक पर्छ त्यति नै प्रयोग गर्नुपर्छ । हामीले इलेक्ट्रकल कार्य गर्दा हाम्रो हात चिसो पनि हुनुहुँदैन ।

स्मार्ट घडी एउटा यस्ता खालको घडी हो जसमा सेन्सर जडान गरिएको हुन्छ । यदि हामीले कार्य गरी रहँदा नजिकै हाइभोल्टेज भएको थाहा भए भने हामीलाई सूचना दिन्छ र यसमा जीपीस सेन्सर पनि हुन्छ जसले गर्दा यदि यस्तो खालको कुनै खतरा डिटेक्ट भयो भने हामीले सेट गरेको मोबाइलमा यसले सूचना पठाउँछ । जसले गर्दा काम गरिरहेको व्यक्ति खतरामा छ भन्ने समयमै जानकारी हुन्छ र बचाउन सकिन्छ ।

तसर्थ प्राविधिक कार्य गर्दा सुरक्षालाई पहिलो प्राथमिकतामा ध्यान राखेर उच्च मनोबलका साथ प्रविधिसँग अपनाउनुपर्ने सम्पूर्ण सुरक्षाका उपकरण प्रयोग गर्दै सुरक्षित भएर काम गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 523 times, 1 visits today)

epaper

ताजा समाचार

एकैपटक नारायणी अस्पतालका सबै चिकित्सकले किन दिए राजीनामा ?