वेम्वलीमा ६० हजार दर्शकले प्रवेश पाउने

लन्डन । युरोकप २०२० अन्तर्गत लन्डनस्थित वेम्वलीमा हुने सेमिफाइनल र फाइनल खेल हेर्नका लागि ६० हजार दर्शकले स्टेडियममा प्रवेश पाउने भएका छन् । बेलायत सरकारले अन्तिम तीन खेलका लागि दर्शकको संख्या बढाउने निर्णय गरेको हो । जसअनुसार सेमिफाइनल र फाइनलमा ६० हजारभन्दा बढी दर्शकले स्टेडियममा खेल हेर्न पाउनेछन् ।

बेलायत सरकारले वेम्वलीको क्षमताको ७५ प्रतिशत समर्थकलाई अनुमति दिने निर्णय गरेको युरोपेली फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले जनाएको छ । स्टेडियममा प्रवेश गर्ने सबै दर्शकले कोभिड–१९ को आवश्यक मापदण्ड पालना गर्नुपर्नेछ । युरोकपको सेमिफाइनल खेल जुलाई ६ र ७ तथा फाइनल जुलाई ११ मा हुनेछ ।

यूईएफएका अध्यक्ष अलेक्जान्डर सेफेरिनले यो राम्रो समाचार भएको बताएका छन् । ‘यो राम्रो समाचार हो । धेरै समर्थकले युरो २०२० को अन्तिम तीन खेलमा वेम्वलीमा हेर्न पाउनेछन्,’ कफेरिनले भने । वेम्वलीमा खेल हेर्न जानका लागि कोभिड–१९ नेगेटिभ रिपोर्ट हुनुपर्नेछ वा १४ दिनअघि दुई डोजको खोप लगाएको हुनुपर्नेछ । यसै संस्करणमा आयोजकमध्येको एक राष्ट्र हंगेरीले पोर्चुगल र फ्रान्सविरुद्धको खेलमा ६० हजार बढी समर्थकले रंगशालामै गएर खेल हेर्ने अवसर पाएको थियो । अन्य केही राष्ट्रले पनि समर्थकलाई अनुमति दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

epaper

ताजा समाचार

पदक विजेता कब्बडी टोली बैंकक एयरपोर्टमा अलपत्र !