घर फर्किदै गरेका योगी सदरमुकाम नजिकै मृत भेटिए

दैलेख । भारतबाट घर फर्किदै गरेका भैरवी गाउँपालिका –१ का रावतकोटका २९ बर्षिय युवक लक्ष्मी योगी मृत अवस्थामा भेएिका छन् ।

जिल्ला सदरमुकाम नजिकै नारायण नगरपालिका–१ चिहानडाँडाको जंगलमा मृत अवस्थामा भेटिएका हुन् । बुधवार जंगलमा घाँस काट्न गएका स्थानीयबासीले योगीलाई मृत अवस्थामा भेटाएपछि जिल्ला प्रहरीलाई खबर गरेका थिए । स्थानीयबासीको खबर जिल्ला प्रहरी कार्यालयबाट टोली खटाई शब लक्ष्मी योगी रहेको प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

मजदुरीका लागि भारत गएका योगी झण्डै एक साताअघि घर फर्कँदै गरेको जानकारी दिएको आफन्तले बताएका छन् । योगीको घटना’bout थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक ओलीले जानकारी दिए । मृतक योगीको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 310 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता