बारा । बाराको १६ स्थानीय तहले मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएर परिषद सम्पन्न गरेका छन् । १६ स्थानीय तह मध्ये ३ स्थानीय जितपुर सिमरा उपमहानगरपालिका, कोल्भी नगरपालिका, करैयामाइ गाउँपालिकाले बजेट ल्याउन सकेको छैन ।
कलैया उपमहानगरपालिकाले १ अर्ब ५९ करोड ९३ लाख ५९ हजार, निजगढ नगरपालिकाले १ अर्व १ करोड ९४ लाख ७९ हजार, महागढिमाई नगरपालिकाले ५६ करोड ७३ लाख ८ हजारको नीति तथा कार्यक्रम सार्वजनिक, सिम्रौनगढ नगरपालिकाले ५३ कराड ९२ लाख ५८ हजार, प्रसौनी गाउपालिकाले ४७ करोड ४३ लाख ९८ हजारको बजेट, फेटा गाउपालिकाले ३५ करोड ५२ लाखको निति तथा कार्यक्रम बजेट सार्बजनिक गरेको छ ।
यस्तै विश्रामपुर गाउपालिकाले २९ करोड १९ लाख १२ हजार, आर्दशकोतवाल गाउँपालिकाले अनुमानित ४३ करोड ७० लाख २६ हजार, सुर्वण गाउपालिकाले ३७ करोड १ लाख १५ हजारको नीति तथा कार्यक्रम, पचरौता नगरपालिकाले ४५ करोड ८८ लाख २४ हजार, देवताल गाउपालिकाले ३३ करोड ८० लाख ७५ हजारको निति तथा कार्यक्रम, बारागढी गाउँपालिका ३८ करोड ४१ हजार, परवानीपुर गाउँपालिका ३४ करोड ६४ लाख ७८ हजार ७ सय ५० रुपैया सार्वजनिक बजेट विनियोजन गरेको छ ।
पुर्वाधार विकास, सडक, नाला, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, कोरोना कोष, कृषि यान्त्रिकरणको व्यापक प्रयोग गर्दै व्यवसायिक कृषि खेतीमा जोड, खानेपानी प्रदान गर्दै १० हजार लिटरसम्म खानेपानी उपयोग गरे बापतको न्युनतम शुल्क, लगायतको शीर्षक प्राथमिकतामा राखी स्थानीय तहले बजेट विनियोजन गरेको छ ।






