Friday, September 24, 2021
Your Ads Here
Homeप्रदेशकालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनामा समन्वय नभएको भन्दै गण्डकीको विरोध

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनामा समन्वय नभएको भन्दै गण्डकीको विरोध

विजय नेपाल,
sharethis

 

पोखरा । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएकोप्रति गण्डकी प्रदेश सरकारले विरोध जनाएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यूले शनिबार उक्त कार्यालय उद्घाटन गरेको खबर आफूहरुले प्राप्त गरेको भन्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले सो सम्बन्धमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

गण्डकी र लुम्बिनी प्रदेशका लाखौं नागरिकको सरोकारसँग जोडिएको कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर जलविद्युत उत्पादन गर्ने र रुपन्देही र कपिलवस्तुको जमिन सिँचाइ गर्ने हुने गरी तयार पारिएको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय गण्डकी प्रदेशसँग कुनै सरोकार नै नराखी बुटवलमा स्थापना भएकोप्रति गण्डकी सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै एकतर्फी ढंगले डाइभर्सन आयोजना अघि बढाएर सरकारले प्रदेश प्रदेशबीच द्वन्द्व निम्त्याउने काम गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘२०७१ सालका नीति तथा कार्यक्रममा यो आयोजना समेटिएदेखि नै तत्कालीन अवस्थामा गण्डकी अञ्चल र लुम्बिनी अञ्चलका जिल्लामा यसको विरोध हुँदै आएको हो । तर विरोधको आवाजलाई सम्बोधन गर्ने काम नै भएन । एकातिर जलमार्गको सम्भाव्यता अध्ययन गर्ने अर्कोतिर डाइभर्सनको परियोजना कार्यालय नै स्थापना गर्ने संघ सरकारको गतिविधि नै शंकाका घेरामा छ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कपनमा ढलमा खसेर बालक बेपत्ता

यसरी विस्तृत अध्ययन र अनुसन्धानबिना, समन्वय नगरी यस्ता दीर्घकालीन महत्व राख्ने ठूला परियोजना सुरु गर्नु हुँदैन भन्ने गण्डकी प्रदेश सरकारको ठम्याइ हो भनदै राम्दीदेखि देवघाटसम्मका बासिन्दाको भावना विपरीतको यो आयोजनाको काम सुरु नगर्न आग्रह गरिएको छ ।

कालीगण्डकी नदीमात्र नभएर सभ्यता पनि हो । गण्डकी प्रदेशको मुस्ताङबाट सुरु भएर देवघाट हुँदै त्रिवेणीसम्म पुगेको यो नदीले सांस्कृतिक, पर्यावरणीय, आर्थिक, सामाजिक र राजनीतिक महत्व बोेकेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 80 times, 1 visits today)

आजको समाचार

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

साताका लोकप्रिय समाचार

बैंगलोरविरुद्ध कोलकत्ताको सहज जीत

नयाँ दिल्ली । ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा बैंगलोरले...

 देवीकाले ल्याइन् नयाँ गलबन्दी

काठमाडौं । डेढ दशकसम्म लोक दोहोरीमा आफुलाई समर्पण गरेपछि लोक गायिका देविका केसी क्यानडा गईन । उनी केही वर्ष देखि क्यानडामा बस्दै आएकी छन्...

राउटेका दुख : घाइते हुन्छन्, अस्पताल जान डराउछन् अनि छापाेमै थलिन्छन्

  कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

कोरोना महामारीबीच धमाधम थपिँदै ठूला मल

  काठमाडौं । कोरोना महामारीबीच अहिले धमाधम होटल, रेस्टुरेन्टदेखि ठूला ठूला मलमा लगानी बढ्न थालेका छन् । कोरोना महामारीको प्रभावले पर्यटन उद्योगलगायत धेरै क्षेत्रमा असर...

ट्रेन्डिङ

एकैदिन २०१ जनामा कोरोना पुष्टि, संक्रमितको २३०० संख्या पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण आज एकै दिन २०१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)