मन्दिरा बेदीका श्रीमान राज कौशलको निधन

 

मुम्बई । बलिउड नायिका मन्दिरा बेदीलाई पती शोक परेको छ । उनका श्रीमान राज कौशलको बुधबार बिहान निधन भएको छ ।

४९ वर्षिय राजको ह्दयघातले निधन भएको भारतीय समाचार संस्थाले जनाएको छ । उनीहरुका दुई सन्तान छन् । फिल्म निर्माता ओनिरले राजको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘हामीले फिल्मनिर्माता राज कौशललाई गुमायौं ।’

राज कौशल पेशाले निर्माता एवं निर्देशक थिए । उनले आफ्नो करिअर अभिनयबाट सुरु गरेका थिए । उनले एन्थनी कौन है, शादीका लड्डु, प्यारमा कभी कभी जस्ता फिल्म निर्देशन गरेका थिए । माई ब्रदर, निखिल, शादीका लड्डु मा उनी निर्माताको भुमिकामा थिए । मन्दिरा बेदी र राजको विवाह सन १९९९ फेब्रुअरीमा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम