टर्कीले रोक्यो नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान

काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । जसका कारण काठमाडांैबाट युरोपका अन्य देश र अमेरिकामा हुने नेपाली हवाई यात्रुहरूको यात्रासमेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुईवटा उडान भरिरहेको छ ।

हाल नेपाल सरकारले कोरोना संक्रमणदर कम भएसँगै नियमित अन्तर्राष्ट्रिय उडान खुला गरे पनि टर्की सरकारले भने नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो ।
अन्य मुलुकबाट टर्की छिर्दासमेत यी ५ मुलुकमा पछिल्लो १४ दिनयता रहेको भए ७२ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्नेगरी मात्र टर्की प्रवेश गर्न दिने निर्णय त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । नेपाल सरकारले भने अघिल्लो साता मात्र नेपालमा कोरोना महामारी कम भएको भन्दै अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध खुकुलो बनाउने निर्णय गरेको थियो । जसमा टर्की पनि एक गन्तव्य मुलुक हो ।

 

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान