पेड्रीको कीर्तिमान

लन्डन । स्पेनिस राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पेड्रीले कान्छो खेलाडीको रेकर्ड बनाएका छन् । उनले इंग्ल्यान्डका पूर्व स्टार वायान रुनीको नाममा रहेको युरोपेली च्याम्पियनसिपको कीर्तिमान तोडेका छन् ।

सोमबार राउन्ड अफ १६ अन्तर्गत क्रोएसियाविरुद्ध खेलमा पेड्री सुरुवाती ११ मा रहेर खेलेका थिए । उनी यससँगै युरोको नकआउट चरणमा पहिलो रोजाइबाट खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । पेड्रीले १८ वर्ष २ सय १५ दिनको उमेरमा खेलेका हुन् ।

यसअघि रुनीले सन् २००४ को युरोमा पोर्चुगलविरुद्ध खेल्दै कीर्तिमान कायम गरेका थिए । त्यसबेला उनको उमेर १८ वर्ष २ सय ४४ दिन रहेको थियो । उक्त खेलमा इंग्ल्यान्ड पेनाल्टीमा टाइब्रेकरमा पराजित हुँदा रुनी भने चोटका कारण चाँडै मैदान छाड्न बाध्य भएका थिए ।

पेड्रीले गत सिजन बार्सिलोनाबाट सानदार प्रदर्शन गर्दै स्पेनी टोलीमा स्थान बनाएका हुन् । मार्च २५ मा ग्रिसविरुद्ध खेल्दै डेब्यु गरेका उनी लगातार खेल्दै आएका छन् । उनी स्पेनका लागि युरो खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन् ।

पेड्रीकै उच्च प्रदर्शनमा स्पेनले सोमबार क्रोएसियामाथि ५–३ को जित दर्ता गरेको थियो । १८ वर्षको कलिलो उमेरमा पनि उनले पूरा १ सय २० मिनेट मैदानमा बिताएका थिए । स्पेनको आक्रमणमा निकै प्रभावकारी भूमिका निर्वाह गरेका पेड्री प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर मध्यम पर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ