नागरिक शिक्षाको महत्व

नागरिकका लागि आवश्यक पर्ने सबै क्षेत्र’bout सामान्य शिक्षा हुनु नै नागरिक शिक्षा हो नागरिक शिक्षाले समाजका सदस्यलाई नागरिक अधिकार कर्तव्य शासकको दायित्व आदर्श नागरिकका लागि आवश्यक गुणजस्ता विषयमा ज्ञान दिने कार्य गर्छ । नागरिक भनेको के हो ? नागरिक हुनु र नहुनुमा के अन्तर हुन्छ ? नागरिक अधिकारको उपयोग कसरी गरिन्छ ? समाज र राज्यबाट नागरिकले कस्तो नागरिक शिक्षा प्राप्त गर्न सक्छन् ? जस्ता सवाल’boutमा स्पष्ट जवाफ दिने कार्य नागरिक शिक्षाले गर्छ । प्रजातान्त्रिक शासन व्यवस्था भएका राज्यमा नागरिक शिक्षाअन्तर्गत शासन व्यवस्थासम्बन्धी ज्ञान वा स्वशासनको शिक्षा पनि पर्छ । नागरिक शिक्षाले प्रजातन्त्र भनेको कस्तो शासन व्यवस्था हो ? यसमा जनताको कस्तो स्थान रहन्छ ? शासनमा जनता कसरी सहभागी हुन्छन् भन्नेजस्ता कुरा बताउने कार्य गर्छ ।

प्रजातन्त्र भनेको जनताको शासन हो यस व्यवस्थामा जनताको समान हिस्सा हुन्छ । जनताद्वारा छानिएर गएका जनप्रतिनिधिमार्फत नै देशको शासन व्यवस्था सञ्चालन हुन्छ । जनताबाट चुनिएर गएका प्रातिनिधिहरूले नै देशका लागि आवश्यक सबै कानुन निर्माण गरी लागूसमेत गर्छन् । प्रजातान्त्रिक व्यवस्थामा राज्यका नागरिक प्रजाका रूपमा नभई नागरिकका रूपमा रहेका हुन्छन् । त्यसैले शासकले दिएका सुविधाको उपयोग गर्ने र शासकको आज्ञा चुपचाप स्वीकार्न नभएर एवं आफ्ना प्रतिनिधिमार्फत शासनमा सहभागी हुन्छन् भन्ने ज्ञान नाागरिक शिक्षाबाट प्राप्त हुन्छ । नागरिक शिक्षा त्यस्तो शिक्षा हो जसले समाजका सदस्यलाई राजनीतिक चेतना प्रदान गर्छ । साथै नागरिकलाई राजनीतिमा सक्रिय सहभागिताका लागि प्रोत्साहितसमेत गर्छ । नागरिक शिक्षाले नै नागरिकलाई सचेत र अधिकार तथा कर्तव्यप्रति उत्तरदायी बनाउँछ ।

नागरिक शिक्षाको क्षेत्र भनेको नागरिकलाई राज्यप्रति कर्तव्य परायण शासकप्रति आज्ञाकारी बनाउन बढी जोड दिन्थ्यो ’cause पहिले पहिले सामान्य नागरिकलाई शासनको अधिकार हुन्थ्यो वर्तमान समयमा प्रजातान्त्रिक धारणा व्यापक भएकाले राज्यमा सदस्य राजनीतिक अधिकारयुक्त हुन्छन् त्यसैले आजभोलि यसअन्तर्गत अधिकार र कर्तव्यको बोध हुने दुवै कुरा पर्छन् । नागरिक शिक्षालाई सामाजिक मूल्य मान्यता र राजनीतिक प्रणालीले निर्धारित गरेको हुन्छ । त्यसैले गर्दा एउटा सामाजिक र राजनीतिक प्रणालीले निर्धारित गरेको नागरिक शिक्षा अर्को प्रणालीमा लागू नहुन सक्छ । एउटा परम्परागत र निरंकुश शासनअनुसारको नागरिक शिक्षा प्रजातान्त्रिक र उदार समाजभन्दा फरक हुन्छ । त्यसैले नागरिक समाज गतिशील भएकाले नागरिक शिक्षा पनि समाजसँगै परिवर्तित भइरहन्छ । त्यसैले नागरिक अधिकार यति नै हो भनेर किटान गर्न पनि कठिन छ ।

नागरिक शिक्षाले समाजका सदस्यलाई आफ्नो अधिकारप्रति सचेत बनाउनुको साथै कर्तव्य पालन गर्न पनि प्रेरित गर्छ

नागरिक शिक्षाको क्षेत्र निर्धारण गर्न गाह्रो र परिवर्तनशील भए पनि सामान्यतया नागरिक शिक्षाअन्तर्गत राज्यको सदस्यता वा नागरिकता आदर्श नागरिक लागि आवश्यक गुणहरू नगरिक अधिकार नागरिक समाज र राज्यप्रतिको दायित्व नागरिक समाजमा विद्यमान राजनीतिक आर्थिक तथा सामाजिक असमानताजस्ता सवाल यसअन्तर्गत पर्छन् । त्यसैगरी प्रजातान्त्रिक शासन व्यवस्था भएका राज्यमा नागरिक शिक्षा भन्नाले स्वशासनसम्बन्धी शिक्षा भएकाले त्यस्तो स्थानमा यसअन्तर्गत प्रजातान्त्रिक शासन प्रणाली प्रजातान्त्रिक धारमा मूल्य र मान्यता शासनमा नागरिकको स्थान र सहभागिताको आधार जनप्रतिनिधिको जिम्मेवारी निर्वाचनको महŒव तथा बहुलवादी समाजमा सबै वर्गको सहिष्णुता जस्ता कुरा यसअन्तर्गत पर्ने विषय हुन् । समाजमा हरेक सदस्यले आफ्नो अधिकारको प्रयोग गरी अरूको अधिकारको हनन् नहुने गरी गर्नुपर्छ ।

अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटामै हुन्छन् । एउटा व्यक्तिको अधिकार र अर्को व्यक्तिको कर्तव्य र एउटा व्यक्तिको कर्तव्य अर्को व्यक्तिको अधिकार हो । अधिकारको हकदार त्यही व्यक्ति हुन्छ जो आफ्नो कर्तव्य पालन गर्छ । कर्तव्यको दुनियाँमा मात्र अधिकार जीवित रहन सक्छ । सबैले केवल अधिकार मात्र खोज्ने र कर्तव्य पालन नगर्ने हो भने त्यस्तो अवस्थामा अधिकार कायम हुन सक्तैन । समाजका सदस्यले नागरिक शिक्षा प्राप्त गरे भने आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको हनन हुनेगरी गर्दैनन् किनकि उनीहरूलाई आफ्नो अधिकारको सीमा के हो ? र आफू समाजको सदस्य भएको नाताले समाजप्रतिको आफ्नो कर्तव्य के हो ? भन्ने कुराको ज्ञान हुन्छ । नागरिक शिक्षाले समाजका सदस्यलाई अधिकारप्रति सचेत बनाउनुको साथै आफ्नो कर्तव्य पालन गर्न प्रेरित गर्छ ।

नागरिक समाज गतिशील भएकाले नागरिक शिक्षा पनि समाजसँगै परिवर्तित भइरहन्छ

नागरिक शिक्षाले अनुशासनपूर्ण जीवन बिताउन प्रेरित गर्ने हुँदा त्यसबाट अनुशासनपूर्ण समाजको निमार्णमा मद्दत पुग्छ । कुनै पनि राज्य आदर्श हुन समाज पनि आदर्श हुनुपर्छ । समाज आदर्श हुन आदर्श नागरिक हुन आवश्यक हुन्छ । नागरिक शिक्षाले आदर्श नागरिक के हो ? र आदर्श नागरिक हुन के कुरा आवश्यक पर्छ, भन्ने कुराको ज्ञान दिई आदर्श नागरिक निमार्णमा सहयोग पु¥याउँछ । राजनीतिक चेतना र ज्ञान भएका नागरिक भएमा नै योग्य र सक्षम शासक हुन सक्छन् । नागरिक शिक्षाले नागरिकलाई राजनीतिक चेतना प्रदान गर्ने हँुदा पनि यो ज्यादा महत्वपूर्ण भएको छ । प्रजातान्त्रिक शासन व्यवस्थामा नागरिकमा प्रजातान्त्रिक मूल्य, मान्यता र ठोस प्रतिबद्धताको आवश्यकता पर्छ । प्रत्येक नागरिकमा प्रजातान्त्रिक आदर्श’bout आवश्यक ज्ञान र त्यहीअनुरूपका सीप र दायित्व भएमा प्रजातन्त्र दिगो र बलियो हुन्छ ।

नागरिक शिक्षाले संकीर्ण भावना हटाई नागरिकमा सामूहिक र सामाजिकताको भावना विकसित गराउँछ । यसले समाजमा रहेका विविध समूहबीच सहिष्णुताको वातावरण सिर्जना हुन्छ । त्यसैले नागरिक शिक्षाको अभावमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक दंगा र हिंसासमेत हुन सक्ने हुँदा बहुलवादी समाजमा सामाजिक एकता कायम गर्न र सहिष्णुताको वातावरण बनाउन यसको महत्व अझ बढी देखिन्छ । नागरिक शिक्षाले प्रजातान्त्रिक शासन व्यवस्थामा बहुमत र अल्पमत दुवैको महत्व दर्साउँछ । अल्पमतको पनि सम्मान गर्दै जाने र बहुमतले गलत कार्य गर्न खोजेमा रोक्ने कार्य पनि गर्छ जसका लागि नागरिक शिक्षाको महत्वपूर्ण भूमिका स्वयं सांसदलाई पनि उत्तिकै खाँचो हुन्छ । प्रजातान्त्रिक शासन व्यवस्थामा जनताका सहभागिताको बढी महत्व रहन्छ ।

शासन व्यवस्थामा जनताको सहभागिताको मात्रा जति बढी भयो त्यति नै शासन व्यवस्था बलियो हुन्छ भने जनताको संलग्नता र सहभागिताको मात्रा शासनमा जति न्यून भयो त्यो व्यवस्था त्यति नै कमजोर बन्दै जान्छ । नागरिक शिक्षाले शासनमा राजनीतिक सहभागिताका लागि प्रोत्साहित गर्छ । त्यस्तै, प्रजान्त्रिक व्यस्थामा प्रजान्त्रिक आदर्शअनुरूपको आचरण प्रजान्त्रिक र राजनीतिक चेतनाबिनाको समाजमा मानव अधिकार सामाजिक मूल्यमान्यता र आदर्श कानुनको शासन उत्तरदायित्वपूर्ण व्यवहार सामूहिक भलाइजस्ता महत्वपूर्ण पक्षको आशा गर्न सकिँदैन । समग्रमा भन्नुपर्दा नागरिक शिक्षाले आफ्नो कर्तव्यबोध अधिकार सामाजिक प्रतिष्ठा र आफूले अरूप्रति गर्ने व्यवहारलगायतका विविध पक्ष समेटने भएकाले नागरिक शिक्षा आजको सन्दर्भमा अझै महत्वपूर्ण भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

कुरी-कुरी