मदिराले मातेपछि छिमेकीको आँगनमा राखेको मोटरसाईलमा आगो लगाउने पक्राउ

 

भोजपुर । घरमा राखेको मोटरसाईकलमा आगजनी गर्ने दुई जना प्रक्राउ परेका छन् । भोजपुर नगरपालिका ९ पानीट्याङमा स्थानीय सन्जु तामाङको घरको आगनमा राखेको ८४प ५२१४नम्बरको मोटरसाइकलमा आगजनी गर्ने ३३ वर्षीय लाक्पा शेर्पा र ३० वर्षीय पासाङ शेपालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका उनीहरु आगजनी पश्चात फरार रहेकोमा लुकेर बसेको अवस्थामा बुधबार राती नियन्त्रणमा लिएको हो । पक्राउ परेको उनीहरुलाई जिल्ला अदालत भोजपुरबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

कृषि मन्त्रीको असक्षमताले रासायनिक मलको हाहाकार : प्रभु साह