काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १४औं महाधिवेशनमा कांग्रेस रूपान्तरणको लागि लागि प्रस्ताव ल्याउने भएका छन् । कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको दाबी गर्नेहरूको सँख्या दिनदिनै थपिइरहेका छन् ।
शाहीले भने, ‘पार्टीभित्र वैचारिक बहसका लागि राजनीतिक प्रस्ताव ल्याउन लागेको हुँ । कांग्रेसमा अहिले भावी नेतृत्वको चर्चा भइरहँदा नीति’bout भने बहस शुन्य छ।’ कांग्रेस वैचारिक रूपमा सशक्त भए मात्रै देशमा लोकतन्त्र र संविधानको रक्षा हुने उनले बताए। त्यसका लागि महाधिवेशन वैचारिक विमर्श गर्ने उपयुक्त थलो भएको शाहीको धारणा छ । ‘व्यक्ति होइन विचार, पद होइन पद्धती, सत्ता होइन समाज, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य मान्यतासहितको राजनीतिक शुरुवात नेपाली कांग्रेसले गर्नुपर्छु ।’
पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि केही नयाँ प्रस्तावहरू ल्याउने बताएका छन् । ‘कांग्रेसको विचारलाई सशक्त बनाउने र त्यसलाई तल्लो तहसम्म पु-याउनका लागि जागरण अभियान चलाउने, समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनै पनि हालतमा दोहो-याउनु नहुने, पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटक भन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्ने लगायतका प्रस्ताव ल्याउने गरि तयारी भइरहेको छु,’ नेता शाहीले भने।
केही दिनमा उनले कांग्रेस रूपान्तरणको उक्त प्रस्ताव वैचारिक विमर्शका लागि पुस्तककै रूपमा ल्याउने तयारी गरेका छन् । तरूण दलका महासचिव र नेविसंघका पूर्वउपाध्यक्षसमेत रहेका युवा नेता शाही पार्टी आगामी महाधिवेशनमा सह–महामन्त्रीका आकांक्षी हुन। कांग्रेसका तर्फबाट शाहीले कालिकोटबाट दुईपटक सांसदको चुनाव लडिसकेका छन् ।






