दाउर खाेज्न हिँडेका खत्रीलाई बाघले खायाे

 

बर्दिया । पाटेबाघकाे आक्रमणबाट बर्दियामा एक जनाकाे ज्यान गएकाे छ । पाटेबाघकाे आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको ज्यान गएकाे डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।

घरबाट दाउरा खाेज्न गएपछि आइतवारदेखि हराइरहेका खत्रीकाे खाेजी गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ काे बीच भागमा सम्झना सामुदायिक वनभित्र शव फेला परेको बीओपी भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघकाे आक्रमणबाट एक वर्षभित्र १२ जनाकाे ज्यान गएकाे छ भने दुई वर्षयता पाटेबाघबाट २१ र जङ्गली हात्तीबाट दुई गरी २३ जनाले ज्यान गुमाइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानियले भगवती चाैधरीसंग भने : यसपाली जिताएर पठाउछौं