Friday, September 24, 2021
Your Ads Here
HomeBreaking Newsसाढे ६ लाखले लिए तेस्रो किस्ता

साढे ६ लाखले लिए तेस्रो किस्ता

टेनिस रोका,
sharethis

काठमाडौं । महाभुकम्पपछि क्षति पुगेका निजी आवासमध्ये ६ लाख ६५ हजार २ सय ३३ घरधुरीले तेस्रो किस्ता लिएका छन् । ८ लाख ५८ हजार २ सय ८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएकोमा ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६ सय २४ ले अनुदान सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी ८ लाख १६ हजार ६ सय ७० (९९.७६ प्रतिशत), दोस्रो किस्ता लिने घरधुरी ७ लाख २७ हजार ३ सय २८ (८८.८४ प्रतिशत) र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार २ सय ३३ (८१.२६ प्रतिशत) पुगेका छन् ।

त्यस्तै, अनुदान सम्झौता गरेकामध्ये ७४.६८ प्रतिशत अर्थात् ६ लाख ११ हजार २ सय ४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका छन् । पुनर्निर्माण गरिरहेका लाभग्राही संख्या १ लाख ४६ हजार १ सय ५३ रहेको छ, जुन अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो ।

– दोस्रो किस्ता लिने ७ लाख २७ हजार ३२८
– ८ लाख ५८ हजार २८२ लाभग्राही

घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राही संख्या ७ लाख ५७ हजार ३ सय ९४ अर्थात् अनुदान सम्झौता गरेकामध्ये ९२.५३ प्रतिशत छ । प्रबलीकरण लाभग्राहीमध्ये कैयौं पुनर्निर्माण लाभग्राहीमा परिवर्तन भएपश्चात् हाल यस्ता लाभग्राही संख्या ५३ हजार ९ सय ५८ कायम भएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

जसमध्ये ८४.९१ प्रतिशत अर्थात् ४५ हजार ८ सय १४ ले अनुदान सम्झौता गरेका छन् । तीमध्ये ४५ हजार ७ सय ८१ अर्थात् ९९.९३ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् ।

प्राधिकरणले पुनर्निर्माणअन्तर्गत निजी आवासको अनुदान रकम आगामी कात्तिकसम्म लिइसक्नुपर्ने जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समिति बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका तथा अनुदान किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी पुनर्निर्माण गर्न अनुरोध गरेको छ ।

त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन भनिएको छ । अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ ।

लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमाअनुसार पुनर्निर्माण गर्न मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडाध्यक्षले सिफारिससमेत गर्नुपर्नेछ । त्यसपछि, प्राधिकरणको जिल्ला इकाईले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कात्तिक मसान्तसम्म मात्र यथावत् रहनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा केही साताअघि बसेको प्राधिकरणको निर्देशक समितिको १९औं बैठकले आर्थिक वर्ष २०७७÷७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवासलगायत पुनर्निर्माण कार्य २०७८ कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया

(Visited 162 times, 1 visits today)

आजको समाचार

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

साताका लोकप्रिय समाचार

एकै दिन १५ अर्ब खर्च

काठमाडौं । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब...

ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीयमा त्रास

  पर्सा । संविधान दिवसका सन्दर्भमा वीरगन्ज कारागारबाट आममाफी पाउने २४ कैदीबन्दी मध्ये १५ जना ज्यान मुद्दाका छन् । सातौं संविधान दिवसको अवसरमा आममाफी पाउने...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

प्रहरी र सशस्त्र प्रहरीमा विभूषणको अर्थ

  काठमाडौं । सुरक्षा निकायमा भने विभूषणले ठूलो अर्थ राख्छ । योपटक नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसहित विभिन्न तहका १ सय १९ जनालाई...

कम्युनिस्ट घोषणापत्रको सान्दर्भिकता र समाजवादी क्रान्ति

  सेप्टेम्बर १५ तारिख नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासमा ऐतिहासिक दिन हो । आजभन्दा ७२ वर्ष अगाडि अर्थात् सन् १९४९ सेप्टेम्बर १५ नेपाली सम्वत् २००६ असोज...

ट्रेन्डिङ

चुनाव हारेपछि ट्रम्पले गरे रक्षामन्त्रीलाई बरखास्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि...

सिरहामा चिकित्सकसहित २६ जना कोरोना जितेर घर फर्किए

सिरहा । सिरहामा एक चिकित्सकसहित २६ जना कोरोना भाइरस जितेर आज बिहीबार घर फर्किएका छन् । २० जना पुरुष र ६ जना महिला कोरोना...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)