हाकिमी पीएसजीमा अनुबन्धित

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इटालियन क्लब इन्टर मिलानका डिफेन्डर अचरफ हाकिमीलाई अनुबन्ध गर्न सफल भएको छ । स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वडिफेन्डर तथा मोरोक्कोका फुलब्याक हाकिमी ६० मिलियन पाउन्डमा ५ वर्षका लागि पीएसजीमा अनुबन्धित भएका हुन् । उनले त्यहाँ बोनस पनि प्राप्त गर्नेछन् ।

अब उनी २०२५-२६ को सिजनसम्म पीएसजीमा रहनेछ । हाकिमीले इन्टरमा एक सिजन बिताउँदा ७ गोल र ९ असिस्ट दिएका थिए । इन्टर १० वर्षपछि च्याम्पियन बन्दा उनी टोलीका महŒवपूर्ण सदस्य रहेका छन् । २२ वर्षीय हाकिमीले एक सिजन इन्टरमा बिताएर पीएसजी रोजेका हुन् । पीएसजीमा अनुबन्ध भएसँगै हाकिमीले पीएसजीमा अनुबन्ध हुन पाउनु गर्वको कुरा रहेको बताएका छन् । स्पेन, जर्मनी र इटालीपछि उनको गन्तव्य अब फ्रान्स हुने भएको छ ।

यस्तै क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडमा अनुबन्धित भएका छन् । लिड्सले २४ वर्षीय स्पेनिस लेफ्टब्याक फिर्पाेलाई १३ मिलियन पाउन्डमा चार वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । अब फिर्पाे सन् २०२५ सम्म एलान्ड रोडको टोलीमा रहनेछन् । फिर्पाेले दुई सिजन बार्सिलोनामा बिताएका थिए ।

नोउक्याम्पमा उनले ४१ खेलमा मात्रै मौका पाएका थिए । लिड्सले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै फिर्पाेलाई धेरै क्लबले नजर लगाए पनि आफ्नो क्लबमा भिœयाउन सफल भएको बताएका छन् । डोमिनिकन रिपब्लिकमा जन्मिएका फिर्पाे युवा अवस्थामै स्पेनको रियल बेटिसमा आबद्ध हुन पुगेका थिए । उनले रियल बेटिसबाटै २०१८-१९ को सिजनमा ला लिगामा डेब्यु गरेका थिए ।

उनले बेटिसमा पहिलो सिजन २९ खेल खेल्दै ५ असिस्ट र ३ गोल गरेका थिए । उनी स्पेनको यू–२१ टोलीमा रहँदा टोलीले यूईएफए युरोपियन यू–२१ को उपाधि जित्दा उनी टोलीका सदस्य थिए । त्यसपछि उनी २०१९-२० को सिजनमा बार्सिलोना पुगेका थिए । उनलाई बार्सिलोनाले ५ वर्षको सम्झौता गरेका थिए ।

उनले बार्सिलोनाबाट दुई सिजनमा ४१ खेल खेल्दै दुई गोल गरेका थिए । उनले बार्सिलोनाबाट कोपा डेल रेको उपाधि जित्न सफल भएका थिए । उनी यो समरमा लिड्समा अनुबन्ध हुने तेस्रो खेलाडी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा