नायिका जेनी कुँबरले गरिन् आत्महत्या

 

काठमाडौं । निर्मात्री एवं नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

कथानक चलचित्र जिन्दगानी’ नामक फिल्मबाट अभिनय सुरु गरेकी जेनीले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्रलगायतका चलचित्रमा अभिनय गरेकी छिन् । घायल नामक चलचित्रको निर्माता समेत हुन् ।

पछिल्लो समय साधु बनेर पशुपति मन्दिर परिसरमा बस्दै आएकी जेनी युट्युबमा दिएको अन्तरर्वार्ताको कारण विवादमा पनि आएकी थिइन् । प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता