छिमेकी बालकको हत्या अभियोगमा थुनामा रहेकी महिलाले गरिन् कारागार भित्रै आत्महत्या

 

लमजुङ । लमजुङमा एक महिलाले कारागारभित्रै आत्महत्या गरेकी छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि लमजुङ कारागारमा रहेकी ४८ बर्षीया फूलमाया विकले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका– ३, फुलिङगिरी घर भएकी ती महिला माथी छिमेकीका सात वर्षको बालकको हत्या अभियोग लागेको थियो । गत चैत ३० गतेका दिन घरबाट एकाएक घरबाट हराएका बालकको भोलिपल्ट गाउँ नजिकै खोल्सामा शव भेटिएको थियो । ती महिलालाई प्रहरीले बैशाख २० गतेका दिनमा पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशबाट गत बैशाख २४ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिइन् । उनको शव शौचालयको देवलमा तन्ना बाँधेर झुण्डिएको अवस्थामा फेला परेको लमजुङका प्रहरी प्रमुख कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार महिला कैदीबन्दी बस्ने ठाउँमा राती करीब १२ बजेसम्म नाचगान थियो । उनले भने, ‘उक्त घट्नाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

ती महिलाले आत्महत्या गरेको कारागारका कसैले पनि थाहा नपाएको कारागार प्रमुखको समेत जिम्मेवारीमा रहेका जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत जगदिश मिश्रले बताए । उनका अनुसार बिहान शौचालय जाने क्रममा मात्रै महिलाले देखेर थाहा पाई आफूहरूलाई खबर गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन