१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं । विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो ।

चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ । यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन् । आवेदन दिनेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् ।

धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलोपटक निष्कासन गरिएका धितोपत्रको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ । बोर्डमा आवेदन दिएकामध्ये पाँचवटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ४ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । त्यस्तै, अन्य आठवटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् ।

बोर्डमा आवेदन दिनेमा १२ वटा जलविद्युत कम्पनी रहेका छन् । जसअन्तर्गत सयपत्री हाइड्रोपावरको ९ लाख कित्ता, अपर सोलु हाइड्रोइलेक्ट्रेड कम्पनीको ३३ लाख ७ हजार ५ सय कित्ता, दोर्दी खोला जलविद्युत् कम्पनीको २९ लाख ५१ हजार ९ सय २९ कित्ता, अपर हेवाखोला हाइड्रोपावरको २० लाख कित्ता, ग्रिनभेन्चर कम्पनीको ६२ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । बोर्डको समीक्षा अवधिमा रहेका मध्ये सातवटा जलविद्युत् कम्पनी रहेको छन् । न्यांदी हाइड्रोपावरको ४ लाख ५० हजार कित्ता, विन्ध्यवासिनी हाइड्रोपावरको २५ लाख कित्ता, समलिङ हाइड्रोपावरको १२ लाख ३० हजार कित्ता, हिमालयन हाइड्रोपावरको २२ लाख २५ हजार कित्ता, बलेफी हाइड्रोपावरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, बुद्धभूमि नेपाल हाइड्रोको १२ लाख कित्ता र साहस ऊर्जाको १ करोड ५ लाख कित्ता सेयर पाइपलाइनमा रहेका छन् ।

त्यस्तै, एनईएसडीओ समृद्धि लघुवित्तको ८ लाख २८ हजार ७ सय ५० कित्ता, डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार ९ सय २९ कित्ता, सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता, आईएमई लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता र मानुषी लघुवित्त वित्तीय संस्थाको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयरसमेत निष्कासन अनुमतिका लागि पाइपलाइनमा रहेका छन् ।

आईपीओ निष्कासन गर्न एक वर्षको अडिट रिपोर्ट आवश्यक हुने भएकोले मापदण्ड पूरा भएको कम्पनीको आईपीओ निष्कासनका लागि बोर्डले अनुमति दिने गर्दछ । एक वर्षअघिसम्म प्राथमिक सेयर निष्कासन हुँदा समेत बिक्री हुन नसक्ने अवस्था थियो भने पछिल्लो समय दोस्रो बजारमा माथि उठेसँगै प्राथमिक बजारमा लगानीकर्ता निकै आर्कषण हुने गरेका छन् । कुनै समय आवेदन माग गर्दा आवेदन नआउने सेयरमा अहिले समयअगावै मागभन्दा अत्यधिक आवेदन आउने गरेको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 439 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमालले गरे धनगढीकाे मेयरमा उम्मेदवारी दर्ता