Saturday, September 25, 2021
Your Ads Here
HomeNot-to-be-missed‘खेदा’मा ‘पालाम’को कथा

‘खेदा’मा ‘पालाम’को कथा

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । लिम्बु समुदायको विवाह तथा पालाम संस्कृतिलाई लघु चलचित्र ‘खेदा’ अर्थात् ‘कथा’मा उतारिएको छ । यो लघु चलचित्रलाई यति बेला सार्वजनिक गरिएको छ ।

यो चलचित्रमा रुकमान लिम्बु र सवनम साबा लिम्बु मुख्य भूमिकामा छन् । यस्तै यासेली योङ्हाङ लिम्बु, मनु थक्लुङ लिम्बु, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बु, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तीमाया चोङ्बाङ, बुद्धमति लिम्बु, कृष्णमाया लिम्बु, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बु, दीपा सुहाङ, जेपी नेम्बाङ लिम्बु, भीमसागर मादेम्बा लिम्बु, उदय बेघा लिम्बु, रेश्मा लिम्बु, सुमन लिम्बु, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बु, मनकुमार वनेमलगायतका एक सय जनाको अभिनय रहेको छ ।

यो लघु चलचित्र भूतपूर्व लाहुरेकी पत्नीले नातीको विवाहका लागि गरेको संघर्षमा आधारित छ । उनले श्रीमानको मरणोपरान्त निवृत्तिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाति उमेर पुगेकाले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट यसको कथा अगाडि बढेको छ । विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लघुचलचित्रमा लिम्बु जातिको धाननाच प्रस्तुत गरिएको छ । धाननाचबाटै मन पराइएको युवायुवतीबीच विवाहका लागि लाने÷जाने संस्कृति पनि यस चलचित्रमा देखिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

यसरी बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा यसमा रोचक रूपमा प्रस्तुत गरिएको छ । पालामलाई प्राथमिकतामा राखिएको चलचित्रमा मनु नेम्बाङ र सुमन लिम्बुले गाएका छन् । रचना नेम खापुङ लिम्बु, लय संकलन सुमन लिम्बु, संगीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ । मनु र सुमनलाई भीम सेनेहाङ लिम्बु, रुकमान लिम्बु, निरन्ता नेम्बाङ, दीपा सुहाङ, दिवस पयाङगु लिम्बु, रोजिना थेगिम लिम्बुले पालाम खाप्न सघाएका छन् । जसमा याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको छ ।

यो चलचित्रमा देवेन्द्र खापुङ सुर्केलीको पटकथा संवाद, डीबी आङबुङ लिम्बुको भाषा अनुवाद, तेह्रथुमे बुटिकको पहिरन रहेको छ । चलचित्रमा बुद्ध थापाको छायांकन विनोद लामाको पाश्व संगीत, विकास दाहालको सम्पादन छ । यो लघु चलचित्रको कथा निर्देशन लोकेन सावाको हो । लोप हुन लागेको लिम्बु संस्कृतिलाई जगेर्ना गर्न यो चलचित्र बनाएको निर्देशक सावाले बताए । यसलाई अब विभिन्न महोत्सवमा प्रदर्शनी गरिने पनि उनले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 78 times, 1 visits today)

आजको समाचार

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

साताका लोकप्रिय समाचार

तरकारीमा तहतहका बिचौलिया

काठमाडौं । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

काजी लिम्बुको निर्देशनमा ‘एकै छिन’ सार्वजनिक

काठमाडौँ । 'किन मायामा' बोलको गीतमा एकसाथ सहकार्य गरेर स्रोताको मन जित्न सफल गीतकार गोपाल लोहार, गायक किरण गजमेर र संगीतकार वसन्त सापकोटा फेरि...

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक...

ट्रेन्डिङ

राष्ट्रिय सभा उपनिर्वाचन : स्थानिय तर्फ देवकाेटा अगाडी

चुरे /मकवानपुर । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम प्रदेशको राजधानी हेटौंडामा विहीबार सम्पन्न भएको छ । हेटौंडाको भुटनदेवी माध्यमिका विद्यालयमा बिहान...

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

काठमाडाैं । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश,...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)