बाबरको दुर्लभ विश्व कीर्तिमान

बर्मिङघम । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले ओडीआई क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका छन् । इंग्ल्यान्डविरुद्ध तेस्रो तथा अन्तिम ओडीआई खेलमा बाबरले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा दुर्लभ कीर्तिमान बनाएका हुन् ।

बाबरले इंग्ल्यान्डविरुद्ध मंगलबार राति १ सय ३९ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५८ रनको सर्वोत्कृष्ट शतकीय इनिङ खेलेका थिए । बाबरको यो ओडीआई करिअरको १४औं शतक हो । बाबर ओडीआई क्रिकेट इतिहासकै सर्वाधिक छिटो इनिङमा १४औं शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । बाबरले यो सफलता ८१औं इनिङमा पूरा गरेका हुन् । अस्ट्रेलिया महिला क्रिकेट टोलीकी कप्तान मेग ल्यानिंगले ८२औं इनिङमा उक्त सफलता हात पारेकी थिइन् ।

पुरुष ओडीआईमा बाबर अघि दक्षिण अफ्रिका पूर्वओपनर हासिम आमलाले ८४औं इनिङमा १४औं शतक पूरा गर्दै कीर्तिमान राख्दै आएका थिए । आमलापछि अस्ट्रेलिया ओपनर डेविड वार्नरले ९८औं र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले १०३औं इनिङमा उक्त सफलता हात पारेका थिए । त्यस्तै बाबर इंग्ल्यान्डविरुद्ध १ सय ५० भन्दामाथि रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् ।

बाबर अघि इंग्ल्यान्डविरुद्ध विपक्षी कप्तानले बनाएको कीर्तिमान दक्षिण अफ्रिका पूर्वब्याट्सम्यान ग्रिम स्मिथको नाममा थियो । सन् २००९ मा स्मिथले इंग्ल्यान्डविरुद्ध १ सय ४१ रन बनाएका थिए । इंग्ल्यान्डविरुद्ध पाकिस्तानका ब्याट्सम्यानले बनाएको यो उच्च स्कोर हो । यसअघि २०१९ मा ओपनर इमाम उल हकले १ सय ५१ रनको शतकीय इनिङ खेलेका थिए ।

बाबर पाकिस्तानबाट ओडीआईमा कप्तानको रूपमा एकै खेलमा सर्वाधिक धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । बाबरअघि सन् २००९ मा सोएब मलिकले भारतविरुद्ध कप्तानी गर्दै १ सय २५ रन अविजित थियो । टी–२० आईमा बाबरको १ सय २२ र टेस्टमा १ सय ४३ रन उच्च प्रदर्शनका रूपमा छ । पाकिस्तान र इंग्ल्यान्डबीच थप तीन टी–२० आईको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन