महँगियो भान्सा : दैनिक ज्याला मजदुरी गर्नेलाई मुस्किल

 

काठमाडौँ । बजार महँगीले सामान छोइनसक्नु छैन । लामो समय देखि बन्द भएका पसलहरु अहिले सञ्चालन आएपछि व्यापारीले उपभोक्ताबाट मनपरी पैसा असुली रहेका छन् । बजारमा व्यापारीले मनपरी मुल्य बृद्धि गरि उपभोक्ताबाट पैसा असुल्ने काम भएपनि सरकारी निकाय भने मौन छ । लकडाउनमा भएको घाटालाई परिपूर्ति गर्न समेत व्यापारीले सर्वसाधारणबाट पैसा असुल्ने गरेको सर्वसधारणको गुनासो छ ।

दैनिक ज्यालामजदुरी गरेर घरपरिवार पाल्दै आएकी मैतीदेवी बस्ने अन्जना कार्कीलाई बजारको महँगीले घरपरीवार कसरी पाल्ने चिन्ताले सताएको छ । बजारमा कुनै पनि सामान किन्न जाँदा महँगीले छोइसक्नु छैन । यस्तो महँगीमा परिवार कसरी पाल्नु । कार्की लामो स्वाँस तान्दै भन्छिन, ‘उफ ! यो महँगीमा दैनिक ज्यालादारी काम गरेर कसरी कोठा भाडा तिर्नु कसरी दाल, चामल, तेल नुन चिनी खानु ।’ सबै वस्तुका उस्तै महँगी बढेको उनको भनाई छ । ‘अहिले त एक सय रुपैयाँ लिएर तरकारी किन्न जाँदा एक केजी समेत तरकारी पनि आउँदैन ।’

अहिले व्यापारीले महँगी बढेको भन्दै विभिन्न बाहाना मनपरी मुल्य असुली रहेको उनको भनाई छ । कार्की भन्छिन्, ‘लकडाउन अघि १ हजार रुपैयाँमा पाउने खाद्यान्ह अहिले १ हजार ५ सय देखि २ हजार रुपैयाँ लिन्छन् । दैनिक ज्यालामजदुरी गरेर अब काठमाडौँमा बसी खान सक्ने अवस्था नभएको उनको भनाई छ । मजदुरी गरेर दैनिक ५ सय रुपैयाँ कमाउन मुस्किल भएको उनीहरुको भनाई छ । ‘हामी जस्ता मजदुरहरुले कसरी खाने ? किनेर खान सक्ने अवस्था छैन् ।’ उनले भनिन् । ‘बिहान बेलुका तरकारी पकाउँदा नभइनहुने गोलभेडा र प्याजको पनि महँगो भएर छोइसक्नु छैन ।’

अनामनगर बस्दै आएकी सरिता तामाङ ज्याला मजदुरी गरेर चारजनाको परिवार पाल्दै आएका छन् । उनलाई पनि अन्जना कार्कीकै जस्तो महँगीले परिवार कसरी पाल्ने चिन्ता छ । उनि भन्छिन्, ‘लकडाउन नहुँदा त दैनिक ज्याला गरेर पनि जेनतेन परिवार पालेकै थियो । तर आज भोली राम्रोसँग काम गर्न पाएको छैन ।’ सरिताको भनाई अनुसार केही दिन अघि सय रुपैयाँमा एक केजी तरकारी किन्न पाइन्थ्यो । अहिले त सय रुपैयाँले एक केजी तरकारी समेत आउँदैन । महंगीले सुक्खा दाल भात खान पनि मुस्किल भएको उनको भनाई छ । ‘हुने खानेहरुका लागि त जति महँगो भएपनि केही फरक पर्दैन । हामी म जस्ता दैनिक ज्यालामदुर गरेर खानेहरुलाई अब काठमाडौँको महँगीले बाँच्न मुस्कील छ ।’ सरिता तामाङ र अन्जना कार्की त उदाहरण मात्र हुन् । दैनिक ज्यालादारी गर्ने धेरैको स्थिती निकै खराब छ अहिले ।

 

तपाइको प्रतिक्रिया
(Visited 544 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वअर्थमन्त्री पाण्डेको निधन