खुकुरी प्रहारबाट तुम्लिङटारमा एक जनाको हत्या

सांकेतिक तस्वीर

 

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका – ९ तुम्लिङटारमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । खुकुरी प्रहार खाँदबारी – ९ तुम्लिङटारका ४७ बर्षीय लक्ष्मण कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक शुभेश अधिकारीले जानकारी दिए ।

बुधबार साझँ ६ बजे अज्ञात समूहको खुकुरी बाट ४७ बर्षीय कुमाल हत्या भएको प्रहरी निरिक्षक अधिकारीले बताए । खुकुरी प्रहारबाट कुमालको हत्या भएको खबर पाउन साथ बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट प्रहरी टोली घटना स्थल पुगेको थियो । घरैमा रहेका कुमालको निधार, टाउको, गर्धन तथा शरिरका बिभिन्न ठाँउमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरी निरिक्षक अधिकारीले बताए ।

मृतक कुमालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ । हत्यामा संलग्न व्यक्तिको खोजतलास भइरेहको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२० थान मतपत्र बढी भेटिएपछि भिमदत्तनगरपालिका मतगणना स्थगित