सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा

 

इटहरी । सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको बिहीबार बसेको बैठकल साउन १० गतेसम्मलाई निषेधाज्ञा थपेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यसअघि असार ३१ गते राति १२ बजेसम्मका लागि मात्रै निषेधाज्ञा थप गरेको हो । तर, बिहीबारको बैठकले केही खुकुलो बनाएर निषेधाज्ञा साउन १ गतेदेखि १० गते मध्यराति १२ बजेसम्मलाई थप गरिएको प्रजिअ ढकालले जानकारी दिए ।

उनका अनुसार औषधी, खाद्यान्न, तरकारी, इन्धन, दूधडेरी, मासुजन्य तथा बिउबिजनका पसलहरु दिनभरि खोल्न दिने निर्णय भएको छ । यस्तै, अन्य पसलहरुलाई बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न दिइनेछ ।

यस्तै, मेला, हाट, गुद्री, सब्जीमण्डीमा भीडभाड हुन नदिने तथा सबैलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नका लागि प्रशासनले जनाएको छ । यस्तै, होटल तथा रेष्टुरेन्टको हकमा राजमार्ग छेउछाउका होटल तथा रेष्टुरेष्टहरुले भौतिक दूरी तथा साबुन पानीले हात धूने, सेनिटाइजरको व्यवस्था गरेर बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ । यसअघि बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै खोल्न पाउने निर्णय भएको थियो ।

प्रशासनका अनुसार साउन १ गतेदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधनहरु स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरेर सीमित सिट संख्यामा यात्रु राखेर सञ्चालन गर्न पाउने पनि निर्णय भएको छ । यसअघि भने जोरबिजोर गरेर सार्वजनिक सवारी सञ्चालन गर्न पाइने निर्णय भएको थियो । यसअघि मोरङमा पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरेर सबै सवारीसाधन सञ्चालन गर्न पाइने निर्णय भएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान