काठमाडौं । नेकपा एमालको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालको सांकेतिक दाहा संस्कार गरेका छन् ।
सोमबार युवा संघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएपछि सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो ।
युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् । प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)






