Sunday, August 1, 2021
HomeBreaking Newsरेलमा झेलैझेल

रेलमा झेलैझेल

टेनिस रोका,
sharethis

काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन । सरकारले पछिल्लो पटक निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै पूरा भएको जनाए पनि तयारी अभावका कारण अझै रेल सञ्चालन टुंगो लाग्न सकेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि अझै आवश्यक सबै तयारी पूरा नभएको पाइएको छ ।

अब भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्तपछि मात्रै रेल्वे ट्रयाक र पूर्वाधार हस्तान्तरण प्रक्रिया अघि बढ्ने देखिएको छ । सरकारले आइतबारमात्रै रेल खरीद गरेको १० महिनापछि जनकपुर–जनयनगर रेलवे सेवा ‘ट्रयाकस्पिड’ परीक्षण गरेको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर जयनगर रेल्वे सेवा सञ्चालनका लागि आइतबार रेल्वे ‘ट्रयाकस्पिड’ र प्राविधिक परीक्षण गरिएको जानकारी दिए ।

भारत पूर्वी केन्द्रीय रेलवे कम्पनीको डिजल लोकोमोटिभ रेल प्रतिघण्टा ६० किलोमिटर गतिमा जयनगर रेलवे स्टेसिनबाट जनकपुर आएको र जनकपुरबाट प्रतिघण्टा १ सय २० किलोमिटर गतिमा जयनगर फर्किएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि गत २ असोजमा रेल ल्याइएको थियो ।

सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने जनाइएको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले गत असोजमा भारतबाट दुई रेल खरीद गरी ल्याएको हो । ३४ किलोमिटर जनकपुर–जयनगर रेलमार्ग ब्रोड गेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन घोषणा सरकारले गरेको थियो ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

साताका लोकप्रिय समाचार

राती घर जाँदै गरेकी बालिकालाई बन्दै गरेको घरमा लगेर बलात्कार

  काठमाडौं । प्रहरीले उदयपुर, कपिलवस्तु र धनगढीबाट बालिकालाई यौन दुव्र्यवहार गर्ने तीन युवालाई पक्राउ गरेको छ । उदयपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको...

कोरोना संक्रमणले तीन साताभित्र विदेशमा थप ३९ नेपालीको निधन

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार...

उपेन्द्र यादवको पक्षमा ३४ सदस्यले गरे सनाखत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म...

सपहीमा स्कारपियो खाल्डोमा खस्दा एकको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम ।  धनुषामा आज बिहान सरकारी नम्बर प्लेटको स्कारपियो पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्...

खोप अभियानः सार्क राष्ट्रमा नेपालको अवस्था सन्तोषजनक

काठमाडौं । कोरोना महामारी प्रभावित देशमा कोरोनाविरुद्ध खोप अभियान जारी रहेकै बेला सार्क राष्ट्रभित्र खोप लगाउने सूचीमा नेपालको अवस्था सन्तोषजनक पाइएको छ । सार्क...

ट्रेन्डिङ

उपत्यकाको निषेधाज्ञा एक साता थपियाे, अब थप कडा

काठमाडाैं ।  काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । अागामी दिनमा निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले...

सामूहिक बलात्कारमा वडा सचिवको पनि संलग्नता, तीन जना पक्राउ

धनगढी । कैलालीको भजनी नगरपालिकामा एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना वडासचिव पक्राउ परेका छन् । मंगलबार साँझ घरनजिकै गोठालो गएका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)