एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसला’bout गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु¥याउने निर्णय गरेको छ ।

साथै बैठकले नेपालको संविधानको धारा ७६(५) लाई संशोधन गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ । एमाले प्रवक्ता, प्रदीप ज्ञवालीले बैठकले फैसला’boutमा गम्भीर विमति राखेको र सो विमतिलाई जनतासमक्ष, लैजाने निर्णय गरिएको जानकारी दिए ।

लगातार तेस्रो दिन जारी बैठकले विविध विषयमा चारवटा प्रस्ताव पारित गरेको प्रवक्ता ज्ञवालीले बताए । ज्ञवालीका अनुसार सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको तथा दलीय प्रणाली खल्बल्याएको भन्दै यससँगका असहमतिहरू जनतामा पु¥याउने पहिलो प्रस्ताव छ ।

सर्वोच्चको फैसलाले पार्ने ‘साइड इफेक्ट’लाई संवैधानिक माध्यमबाट समाधान गर्न प्रयास गर्ने निर्णय भएको ज्ञवालीले बताए । सर्वोच्च अदालतले संविधानको निर्दलीय व्याख्या गरेको भन्दै धारा ७६(५) लाई संशोधन गर्न पार्टीले प्रयत्न गर्ने निर्णय गरेको उनको भनाइ छ ।

दोस्रो प्रस्तावका रूपमा ओली नेतृत्वको सरकार अनेकन प्रतिकूलताका बाबजुद ऐतिहासिक कामहरू गर्न सफल भएको ठहर गरिएको छ ।

तेस्रो प्रस्तावमा एमालेले प्रतिपक्षका रूपमा प्रभावकारी भूमिका खेल्ने तथा संविधान, राष्ट्रियता र लोकतन्त्रका विषयलाई अग्रपंतिमा रहेर उठाउने उल्लेख छ । यसैगरी चौंथो प्रस्तावमा कार्यकर्ताहरूलाई विद्यमान परिस्थितिबाट निराश नहुन आह्वान गर्दै छिट्टै पार्टीले कमब्याक गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कमब्याकको अर्थका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता ज्ञवालीले भने, ‘यो भनेको फेरि चुनाव जितेर सरकारमा आउँछौं भनेको हो ।’

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी एकताका लागि अन्तिमसम्म प्रत्यत्न गर्ने र हदैसम्म लचिलो हुने बताएका थिए ।

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध कटु आलोचना गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो बनेको र एकताकै लागि नेपालाई दोस्रो अध्यक्ष दिनसमेत तयार रहेको प्रस्ताव गरेका हुन् ।

ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’

१० बुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचना २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।

उनले थपे, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउन दोस्रो अध्यक्ष दिन तयार छु । तर, मैले यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’ पार्टीबाट आफूहरूलाई हटाउन अनेक प्रपञ्च रचिएको, केन्द्रीय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

कुरी-कुरी