रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा समेटिएको जर्मनीको यू–२३ टोलीमाथि ४–२ को जित हात पारेको हो । एक गोल पाउलिन्होले थप्दा जर्मनीका नादिम एमिरी र राग्नर एचेले गोल गरे पनि टोलीको हार टार्न सकेन ।

निशान स्टेडियम योकोहामामा बिहीबार भएको खेलमा रिचार्लीसनले खेलको ३० मिनेटभित्र नै ह्याट्रिक पूरा गरेका थिए । सातौं मिनेटमा पहिलो गोल गरेको रिचार्लीसनले २२औं मिनेटमा दोस्रो तथा ३०औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा म्याथेअस कुन्हाले पेनाल्टी चुकाउँदा ब्राजिलले थप अग्रता लिन सकेन । पहिलो हाफमै ३–० ले पछि परेको जर्मनीले दोस्रो हाफमा सम्हालिएको खेल पस्कदै दुई गोल गरे पनि हार टार्न सकेन । ५७औं मिनेटमा नादिम एमिरीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

६३औं मिनेटमा म्याक्सिमिलियन अर्नाेल्ड दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि जर्मनी समस्यामा परेको थियो । तर, पनि जर्मनीले ब्राजिललाई दबाब बढाइरहेको थियो । ८३औं मिनेटमा राग्नर एचेले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । तर, इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई ४–२ को सहज जित दिलाए । जितपछि ब्राजिल समूह ‘डी’मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित जर्मनी तेस्रो स्थानमा छ । ३ अंक नै रहेको आइभोरीकोस्ट गोलअन्तरमा दोस्रो तथा साउदी अरेबिया पुछारमा छ । बिहीबार नै आइभोरी कोस्टले साउदीलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

यता, १० खेलाडीमा समेटिएको अर्जेन्टिनाको यू–२३ टोलीले अस्ट्रेलियासँग २–० को हार बेहोरेको छ ।
अस्ट्रेलियाको जितमा लाचलान वालेस र मार्काे टिलियोले गोल गरे । १४औं मिनेटमा लाचलान वालेसले गोल गर्दै अस्ट्रेलियालाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा फ्रान्सिस्को ओर्टेगा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिनामा समस्यामा परेको थियो । खेल सकिन १० मिनेट बाँकी रहँदा मार्काे टिलियोले गोल गर्दै अर्जेन्टिनालाई २–० को हार चखाए ।

यो समूहको अर्काे खेलमा इजिप्ट र स्पेनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सबै चार टोलीले समान एक खेल खेल्दा अस्ट्रेलिया ३ अंक जोडेर शीर्षस्थानमा रहँदा इजिप्ट र स्पेन समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा अंकविहीन अर्जेन्टिना पुछारमा छ । अर्काे खेलमा उपाधि दावेदारका रूपमा हेरिएको फ्रान्सको यू–२३ टोली मेक्सिकोसँग ४–१ ले स्तब्ध बनेको छ । फ्रान्सलाई स्तब्ध पार्न मेक्सिकोका एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाेभा, कार्लाेस एन्टुना र इडुआर्डाे एगुएरेले समान एक गोल गरे । फ्रान्सका आन्द्रे पिएरे जिग्नाकले सान्त्वना गोल फर्काए । यो जितपछि समूह ‘ए’ मा मेक्सिकोको ३ अंक पुगेको छ । फ्रान्स अंकविहीन हुँदै पुछारमा छ । जापानले दक्षिण अफ्रिकालाई १–० ले हराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार