राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको यस गीतमा शब्द र संगीत रहेको छ।

प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पिडालाई समेटेर तयार पारिएको यस गीतलाई दिपक राज बिश्वकर्माले संगीत संयोजन गरेका हुन्। गायक लिम्बु जीवनको यथार्थलाई समेटेर सिर्जना गर्न रुचाउछन्। यसअघि गायक लिम्बुको स्वरमा ‘बुझिदेउ’, ‘म पागल’, ‘जलेर खरानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।

वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र बिष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। इजरायलमा छायांकन गरिएको यस भिडियोलाई सन्तोष माबो ( माबो क्रिएशन ) को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। विदेशी भूमिमा तयार पारिएको यस भिडियोलाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान