Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksनेपाली हिरो पौने करोडको कार चढछन्

नेपाली हिरो पौने करोडको कार चढछन्

डब्बु क्षत्री,
sharethis

काठमाडौं । अभिनेता पुष्प खडकाले चार दिन अघि आफ्नो जन्म दिनको छेको परेर ७० लाख रुपैया तिरेर नयाँ कार किने । महँगो कार चढ्ने नायकको रुपमा उनको चर्चा सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा समेत भयो । महँगो कार चढ्ने पुष्प पहिलो कलाकार होइनन् । उनी भन्दा महँगो कार चढ्ने थुप्रै अभिनेताहरु पनि यहाँ छन् ।

पछिल्लो पुस्ताका चर्चित अभिनेता अनमोल केसी महँगो कार चढ्ने अभिनेताको अग्रपँक्तिमा छन् । एक पछि अर्को हिट सिनेमा दिँदै आएका अनमोलले जीप कम्पनीको कम्पास जीप चढ्दै आएका छन् । निकै बलियो मानिएको यो जीपको मूल्य ९५ लाख रुपैयाँसम्म रहेको छ । यस अघि तीन वटा कार फेरी सकेका अनमोलको भनाईमा यो जीप निकै आरामदायी छ ।

महँगो कार चढ्नो अर्का अभिनेतामा धिरेन शाक्य पर्दछन् । नेपाली चलचित्रमा नायक बन्नु अघिबाटै धिरेनले कार चढ्न सुरु गरेका थिए,‘मैले चलचित्रमा आउनु अघि २०४८ सालमा क्याम्पस पढ्दै गर्दा मारुती सुजुकीको ८०० कार किनेर चढेको थिएँ । अहिले चढ्दै गरेको किया स्पोटिज मेरो ११ औं कार हो ।’ धिरेनले भने । कारको निकै सौखिन धिरेन हरेक दुई देखि तीन वर्षमा कार फेर्ने गरेको बताउँछन् । उनको यो कारको मूल्य नेपाली बजारमा ७५ लाख रुपैयाँ रहेको छ ।

अभिनेता राजेश हमाल पनि कलेज जीवनबाटै कार चढ्ने अभिनेताको रुपमा परिचित छन् । यतीबेला यी अभिनेताले पनि कियाकै स्पोटिज कार चढ्ने गरेका छन् ।

कियाको स्पोटिज कार चढ्ने अर्का अभिनेता आयुष्मान देशराज जोशी पनि हुन् । उनले यो कार आफ्नै कमाईले किनेको बताउछन् । त्यसो त आयुष्मानसँग मर्सिडिज कार पनि छ । तर यो उनको परिवारको कार हो ।

महँगो कार चढ्ने अभिनेताको सूचीमा प्रदीप खड्का पनि पर्छन । प्रदीपले गत वर्षबाट हुन्डाई कम्पनीको क्रेटा कार चढ्दै आएका छन् । उनले चलचित्र प्रेमगीत २ मा काम गरे बापत यो कार उपहारको रुपमा पाएका हुन् । निर्माता सन्तोष सेनले गत वर्ष चलचित्र प्रेमगीत २ को पारिश्रमिक स्वरुप प्रदीपलाई यो कार उपहार दिएका थिए । यो कारको मूल्य नेपाली बजारमा ५० लाख रुपैयाँ रहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

यस्तै अर्का अभिनेता भुवन केसीले पनि पछिल्लो समय हुन्डाई कम्पनीको क्रेटा कार नै चढ्दै आएका छन् । छोरा अनमोलले ८० लाख भन्दा महँगो पर्ने जीप कम्पनीको कम्पास चढ्दै गर्दा भुवन भने ५० लाख रुपैयाँको क्रेटामै खुसी छन् । आफुले पनि फिल्मी यात्रा सुरु गरेबाटै कार चढ्दै आएको यी अभिनेताको कथन छन् । कारका सौखिन भुवनले अहिलेसम्म कतिवटा कार फेरिसकेँ भनेर गणना समेत नगरेको बताएका छन् ।

यस्तै अर्का अभिनेता पल शाह पनि महँगो कार चढ्नो अभिनेताहरुमा पर्छन । पछिल्लो समय पलले निशानको सन्नी कार चढ्ने गरेका छन् । उनी अहिले म्युजिक भिडियोको व्यस्त कलाकारका रुपमा परिचित छन् । पलले चढेको यो कारको मूल्य नेपाली बजारमा ५० लाख रुपैयाँ रहेको छ ।

यस्तै पछिल्लो पुस्ताका अभिनेता प्रदीप बास्तोलाले मारुती सुजुकी कम्पनीको डिजायर चढ्ने गरेका छन् । दुई वर्ष अघि किनेको यो कारको मूल्य ३५ लाख रुपैयाँ रहेको छ । प्रदीप बास्तोलको यो चौथो कार हो । उनी पनि कारका सौखिन अभिनेतामा पर्छन ।

यस्तै अभिनेता आकाश श्रेष्ठले पनि हुन्डाईकै कार चढ्ने गरेका छन् । आकाशले यतीबेला ३५ लाख रुपैयाँको कार चढ्दै आएका छन् । उनी पनि पछिल्लो समय चलचित्र भन्दा म्युजिक भिडियोमै व्यस्त रहने गरेका छन् ।

यता अभिनेता शिब श्रेष्ठले पनि आफु नायक भएदेखि नै कार चढ्दै आएको बताएका छन् । अहिले आफुसँग किया कम्पनीको पिकान्तो कार रहेको अभिनेता शिबले बताए । यो कारको नेपाली बजारमा ३४ लाख रुपैयाँ मूल्य पर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 238 times, 2 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

आजको समाचार

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

साताका लोकप्रिय समाचार

यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिललाई

न्यूयोर्क । यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेबले जितेका छन् । नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेब यूएस ओपनको नयाँ च्याम्पियन बनेका...

एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु

  काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले...

रेलमा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

काठमाडौं । सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा...

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना जारी नगरेसम्म संसद् चल्न दिँदैनौँ : नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यथास्थितिमा प्रतिनिधिसभाको बैठक चल्न नसक्ने बताएका छन् । आइतबार बसेको बैठकमा सहभागी भएर बाहिरिने...

देश अब कम्तीमा चार दिन बजेटविहीन, सरकारी खर्च बन्द, यसरी उठ्नेछ राजस्व

  काठमाडौं । सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि देश बजेटविहीन हुने संभावना बढेको छ । अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि...

ट्रेन्डिङ

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)