Friday, September 24, 2021
Your Ads Here
Homeअर्थ४७ करोडको गोलभेंडा आयात

४७ करोडको गोलभेंडा आयात

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गएको वर्षमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको एक वर्षमा कुल १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कुल ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा गत आवमा सो आयात बढेर झन्डै साढे १५ खर्ब रुपैयाँ पुगेको छ ।

विभागको तथ्यांकअनुसार आयातसँगै निर्यात पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

झन्डै ४७ करोडको गोलभेंडा आयात

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा झन्डै ४७ करोड रुपैयाँको गोलभेंडा (टमाटर) मात्र आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र यति धेरै रकम बाहिरिएको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव २०७७÷७८ को असार मसान्तसम्म छिमेकी मुलुक भारत र चीनलगायत विभिन्न देशबाट नेपालमा कुल ४६ करोड ७५ लाख ६० हजार रुपैयाँको गोलभेंडा आयात भएको छ । विशेषगरी नेपालमा भारतबाट नै सबैभन्दा धेरै टमाटर आयात हुने गरेको छ । चीनबाट केही आए पनि अन्य देशबाट भने टमाटर आयात हुँदैन । विभागका अनुसार सो अवधिमा ३६ हजार ४ सय ४३ टनभन्दा बढी टमाटर आयात भएको छ । एक वर्षको अवधिमा टमाटर आयातबाट मात्र सरकारले कुल ४ करोड २४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र इजरायत पुगेर कृषि फर्ममा काम गरी त्यहाँको ज्ञान तथा सिप हासिल गरी स्वदेश फर्किएका युवाले सामूहिक तरकारी खेती गर्न थालेसँगै हाल नेपालमा टमाटर उत्पादनमा वृद्धि हुन थालेको छ । तर, स्वदेशी किसानले टमाटर बिक्री गरेर नाफा कमाउनुभन्दा पनि टडेल निर्माणलगायत उत्पादनमा गरेको लगानीसमेत उठाउन सकेका छैनन् ।

तपाइको प्रतिक्रिया

(Visited 102 times, 1 visits today)

आजको समाचार

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

साताका लोकप्रिय समाचार

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

ज्याला नपाएको झोंकमा मजदुरले चलाए कोइलाखानीमा स्काभेटर, ६ ट्रक ध्वस्त

अंकार । टर्कीका एक मजदुरले आफूले ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएका छन् । आफ्नौ काकाले ज्याला नदिएपछि सिरनक प्रान्तका ती...

ट्रेन्डिङ

स्थानीय सरकार र नागरिक सम्बन्ध

विगत २०५४ सालमा स्थानीय निर्वाचन भई कार्यकाल २०५९ सालमा सकिएपछि अहिले १५ वर्षमा चुनाव हुँदै गर्दा पहिलो चरणको चुनाव सम्पन्न भएको र दोस्रो चरणको...

कोरोना भाइरस प्रति प्रदेश सरकारको सजगता

श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन मोरङ, २९ फागुन । कोरोना भाइरस(कोभिड–१९ )को संक्रमण फैलन नदिन प्रदेश सरकारले सजगता अपनाएको छ । छिमेकी मुलुक चीनबाट शुरु...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)