Friday, September 24, 2021
Your Ads Here
Homeभर्खरैठाकुर–महतो पक्षसँग अब तीन विकल्प

ठाकुर–महतो पक्षसँग अब तीन विकल्प

सुभाष साह,
sharethis

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् ।

नेताहरूका अनुसार पार्टी कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात् निर्वाचन आयोगले बहुमत रहेका यादव पक्षलाई आधिकारिकता दिएपछि सो पक्षसँग पहिलो विकल्पका रूपमा पार्टी आधिकारिकतासम्बन्धी अदालतमा दिएको रिटसम्बन्धी निवेदन रहेको छ । सो रिट निवेदनबारे आफूहरूलाई छलफलका लागि १५ साउनमा बोलाएकाले सो छलफलपश्चात् टुंगोमा पुग्न सकिने ठाकुर र अर्का नेता राजेन्द्र महतोनिकटका नेता लक्ष्मणलाल कर्णको भनाइ रहेको छ ।

दोस्रो विकल्पका रूपमा यसअघि दिएको रिटले नै पुग्छ वा पुनः अर्को रिट अदालतमा दर्ता गर्नुपर्छ भन्ने विषयमा पार्टी र कानुन व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने कर्णको भनाइ छ ।

तेस्रो विकल्पमा आयोगले भनेझैं नयाँ दल दर्ता गरेर पनि अघि बढन सकिने रहेको छ । योबाहेक अन्य विकल्पमा पनि सो पक्षले छलफल अघि बढाउने भएको छ ।

‘पार्टी आधिकारिकताको विषयमा अझै सर्वोच्चमा मुद्दा चलिरहेको छ । अन्य विकल्पबारेसमेत हामी पार्टीभित्र छलफल गर्छांै,’ कर्णले भने, ‘नाम र चुनाव चिह्न फरक हुँदैमा केही हुँदैन, नेताहरू त उही पुरानै छौं । हामीसँग विभिन्न तीन विकल्प रहेका छन् । पार्टीभित्र विस्तृत छलफल गरेर आगामी दिनमा अगाडि बढछौं ।’

ठाकुर पक्षका सांसद पद के हुन्छ ?
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्ष संकटमा परेको छ ।

ठाकुरपक्षमा १६ जना कार्यकारिणी सदस्य मात्रै रहेपछि ३४ सदस्य भएको यादव पक्षले जसपाको आधिकारिकता पाएकोमा ठाकुर पक्ष अब दल विभाजन नभई नयाँ दल दर्ताको प्रक्रियामा जानुपर्ने भएको हो । ठाकुर पक्ष नयाँ दल दर्ताको प्रक्रियामा गएपछि सो पक्षमा रहेका सांसदको पद पनि धरापमा पर्ने देखिएको छ । तर, आयोगले सोमबारको आफ्नो फैसलामा सोबारेमा केही खुलाएको छैन ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

‘महन्थजीहरूले आयोगमा ४० प्रतिशत सदस्य आफ्नोतर्फ देखाउन सक्नुभएन, त्यसकारण उहाँहरू अब दल विभाजनको प्रक्रियामा जान सक्नुहुन्न, उहाँहरूले नयाँ दल दर्ता गर्नैपर्छ, यसो हुँदा सो समूहमा रहेका सांसदहरूको पद जोगाउन सक्ने अवस्था रहँदैन,’ निर्वाचन आयोग उच्च स्रोतले राजधानीसँग भन्यो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ मा दल विभाजन हुन कम्तीमा केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत हिस्सा अर्को दलमा आबद्ध हुनुपर्ने भनिएको छ । ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पु¥याउन सकेन ।

अब ठाकुर पक्षका सांसदहरूको पदसम्बन्धी विषय कि त संसद् सचिवालयबाट टुंगो लाग्नेछ भने कि त सो मुद्दा सर्वोच्च अदालतसम्म पुग्न सक्छ । ठाकुर पक्षले कानुनबमोजिम नयाँ पार्टी दर्ता गरे पनि यादव पक्षले सो दलमा जाने सांसदहरूलाई कारबाही गर्दै पद मुक्त गर्न सक्छ ।

त्यसपछि उनीहरूको सांसद पद रिक्त बनाइदिनू भनेर पार्टीले संसद् सचिवालयलाई पत्र लेख्न सक्नेछ । यसरी यादव पक्षले कारबाही गरिएको र पद रिक्त भएको भन्दै संसद् सचिवालयलाई पत्र पठाएमा भने संसद् सचिवालयले पदमुक्त भएको घोषणा गर्न सक्छ । सो निर्णय चित्त नबुझे ठाकुर पक्ष पुनः सर्वोच्च अदालत जान सक्छ । र, त्यसबेला उनीहरूको सांसद पद के हुन्छ भन्न सकिँदैन ।

तपाइको प्रतिक्रिया

(Visited 599 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

आजको समाचार

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

साताका लोकप्रिय समाचार

गृह जिल्ला पुगेर भीम रावलले भने- एमाले सुदूरपश्चिम संयोजक मै हो

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद्को अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएका छन् । वर्तमान सरकार तथा सत्ता साझेदार सांसदहरूले अवरोध...

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

  काबुल । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई...

ट्रेन्डिङ

महामारीमा नागरिक जीवनरक्षा

अहिले कोरोना भाइरसको संक्रमणका कारण विश्व नै नराम्ररी प्रताडित बनेको छ । यसबाट पर्ने बहुआयामिक प्रभावका कारण आर्थिक, राजनीतिकलगायतका सबै क्षेत्र नराम्ररी प्रभावित हुँदै...

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

काठमाडौँ । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)