काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा मन्त्रिपरिषद् विस्तार’bout छलफल भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई बिहान भेटेपछि अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न सिधैं बालुवाटार छिरेका थिए ।
सरकार सञ्चालनका लागि न्यूनतम साझा सहमतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद र एमालेको माधव नेपाल पक्षको निर्णय अभावका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार’bout सत्तारुढ दलबीच छलफल भएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)






