काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जना सदस्यलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।
जसमध्ये नयाँ ४ लाख ४३ हजार ६ सय ७८ जनाले क्रियाशील सदस्यता पाए भने पुराना ४ लाख ९ हजार ३३ जनाले नवीकरण गरेका छन् । १४औँ महाधिवेशनका लागि विवाद भएका जिल्लाहरुको विवाद समाधान गरी र विवाद समाधान गर्न नसकिएका जिल्लाहरुको समग्र अवस्थासहित समितिले पार्टीलाई विवरण बुझाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)






