Thursday, September 16, 2021
Your Ads Here
Homeअर्थमहिला सहकारीलाई २८ वटा ‘कृषि एम्बुलेन्स’

महिला सहकारीलाई २८ वटा ‘कृषि एम्बुलेन्स’

प्रकाश आचार्य,
sharethis

बुटवल । कृषि तथा पशुजन्य उत्पादनको सहज बजारीकरणको लागि महिला सहकारीलाई २८ वटा ढुवानीका साधन उपलब्ध गराइएको छ । हेफर इन्टरनेशन, नेपालले ५ वटा प्रदेशका १६ जिल्लाका लागि उक्त ‘भेइकल’ दिएको हो ।

प्रदेश एकका १ जिल्ला, प्रदेश दुईमा ५, बाग्मतीका ६, गण्डकीका ४, लुम्बिनीका १२ वटा कृषि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने बोलेरो जीप महिला सहकारीलाई हस्तान्तरण गरेको हो । कृषि एम्बुलेन्सको मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हस्तान्तरण गरे । हेफरले ४३ जिल्लामा २ लाख ७६ हजार भन्दा बढी गरिब तथा पछाडि परेका परिवारको क्षेत्रमा काम गर्दै आएको छ ।

‘कृषि एम्बुलेन्स’ले किसानले उत्पादन गरेका वस्तु घरघर पुगेर संकलन गरी बजारसम्म पु¥याउन सहयोग गर्छ । हेफर इन्टरनेशनलका कार्यकारी निर्देशक डा. तिर्थराज रेग्मीले देशमा कृषि उत्पादन वृद्धिको लागि किसान संगठित गर्दै उत्पादन वृद्धिमा सहजीकरण गरेको बताए । उनले हेफरको कार्यक्रमले महिलाको जीवनस्तरमा ठूलो परिवर्तन ल्याएको बताए । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले युवालाई कृषि उद्यममा लगाउन सकेन कृषि क्षेत्रले ठूलो फड्को मार्ने बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

‘अहिले नेपालका श्रम शक्तिको अभाव छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘व्यवसायमा प्रविधिलाई जोड दिँदै आधुनिक खेती प्रणालीबाट देशलाई अगाडि बढाए नेपालको कृषि क्षेत्रमा समृद्धि हाँसिल गर्न सकिन्छ ।’ पोखरेलले थपे, ‘कृषिमा धैयता आवश्यक छ त्यो धैयता महिलामा पुरूषमा भन्दा महिलामा बढी हुन्छ । महिलाले गरेको कृषि सफल पनि छन् ।

महिलालाई कृषिमा प्रोत्साहन गर्न आवश्यक छ ।’ कृषि प्रयोजनका लागि उपलब्ध गराइएका सवारी साधानको सही प्रयोग गर्न मुख्यमन्त्री पोखरेलले सचेत महिला सहकारीलाई सचेत समेत गराए । कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले प्रदेश सरकारले कृषिमा भविश्व खोज्नेका लागि धेरै योजनाहरू ल्याएको बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले किसानले उत्पादन गरेको सबै उत्पादनको बजारको ग्यारेन्टी लिने गरी बुटवलमा कृषिमैत्री काम भइरहेको जानकारी दिए । हेफरले बाख्रा र खसीबोका पालनलाई विशेष जोड दिँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 89 times, 1 visits today)

आजको समाचार

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

साताका लोकप्रिय समाचार

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

एमसीसीः सजिलो छैन संसदबाट पास हुन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी...

एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप तीव्र

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुगेकी छिन् । नेपाल आएलगतै उनले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता...

रेलमा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

काठमाडौं । सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा...

ट्रेन्डिङ

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

कोरोना भाइरस : सकारात्मक पाटा पनि प्रशस्तै छन्

काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस विश्व समुदायका लागि महामारी बनेपनि वातावरणका लागि भने सकारात्मक देखिएको छ । यो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)