Monday, September 27, 2021
Your Ads Here
HomeEditor-Picksठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

सीपी लोहिया,
sharethis

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए ।

तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ र समाजबाटै विस्थापित बन्न पुगे । समाजले उनीहरूमाथि जुन आरोप लगाएको थियो । त्यसमा कुनै पनि सत्यता नभएको उनीहरूको दाबी छ । तर, समाजले उनीहरूको प्रस्टीकरण सुन्न चाहेन । फलतः निर्दाेष भएको प्रमाण पेस गरिरहँदा पनि समाजले उनीहरूको कुरा सुन्न चाहेन । त्यसपछि राना दम्पत्तीलाई झुटा मुद्दा लगाइयो, जागिरबाट निकालियो । त्यतिले मात्रै नभएर गाउँबाटै निकाला गरियो र अन्तमा घरसमेत जलाइयो ।

सोच्दै नसोचेको आपत्ति आइलागेपछि एउटा लयमा चलिरहेको उनीहरूको जीवन नै बिथोलियो ।

२०७२ सालको चैत महिना । यही साल र महिनादेखि उनीहरूको जीवनको लय बिग्रिएको हो । स्थानीय गोकर्ण चन्दकी छोरी पूजा र एक जना दलित युवकले २०७२ माघमा प्रेम विवाह गरेका थिए । प्रेम विवाहपछि उनीहरू चार महिनासँगै पनि बसे । तर, पूजाको दलित युवकसँग विवाह हुनुमा करणकी श्रीमती राजुलाई दोष लगाइयो । स्थानीयको यो दोष उनीहरूले स्वीकार गरेनन् । विवाद बढ्दै गयो । त्यसपछि चैतमा पूजाका बाबुसहित गएर पूजालाई फिर्ता ल्याए । केटाकेटी दुवैलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित गराइयो । प्रहरी कार्यालयमै केटीका बाबु, स्थानीयवासी र करन रानाकै अगाडि उनीहरूले आफूले स्वेच्छाले प्रेम विवाह गरेको बताए । एकअर्काबिना बाँच्नै नसक्नेसम्मको कुरा सुनाए ।

६ वर्षदेखि न्यायको खोजी, सुनुवाइ नभएपछि आमरण अनसनको तयारी

तर, केटाकेटी दुवैको कुरा स्थानीयवासीले सुनेन । सुन्न कोशिस पनि गरेन । बरु करनकी श्रीमती राजुलाई दोषी करार गर्न थाले । स्थानीय युवतीलाई दलित केटासँग भगाएको भन्दै उनलाई दैनिक कुटपिट गर्न थाले । त्यसपछि बाध्य भएर उनीहरू घर छाडेर सदरमुकामतर्फ लागे । र, न्यायको भिख माग्न थाले । तर, ६ वर्ष बितिसक्यो । उनीहरूले न्याय पाउन सकेका छैनन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

आफूहरूलाई कुटपिट गर्ने, गालीगलौज गर्ने र धम्क्याउने व्यक्तिहरू राजबहादुर चन्द, चक्रबहादुर चन्द, दीपकबहादुर चन्द, रमेशबहादुर चन्द र गोकर्ण चन्द भएको भन्दै उनीहरूविरुद्ध मुद्दा हाले हालसम्म मुद्दाको कुनै फैसला नआएको उनीहरूको भनाइ छ ।

सदरमुकाम बस्दा लागेको ऋणले उनीहरू चिन्तित छन् । सदरमुकाम आएपछि प्रहरी कार्यालयनजिकैको एक होटलमा दुई वर्ष बस्दाको ऋण डेढ लाख रुपैयाँ उनीहरूले तिर्न सकेका छैनन् । ६ वर्ष सदरमुकाम बस्दा १२ लाख रुपैयाँभन्दा बढी ऋण लागेको उनीहरूको भनाइ छ ।

केही वर्षदेखि करनलाई जिल्ला सदरमुकामनजिकै दशरथचन्द नगरपालिका–४ स्थित ईश्वर आधारभूत विद्यालयमा काज सरुवा मिलाइदिएको छ । तर, १३ महिनादेखि तलब पाउन सकेका छैनन् । विगतमा निमावि शिक्षकको राहत दरबन्दीमा काम गर्ने उनलाई प्राविको राहत दरबन्दीमा काज मिलाइएको छ ।

राजुलाई भने दशरथचन्द नगरपालिका ५ स्थित जगन्नाथ प्राविमा दशरथचन्द नगरपालिकाले ६ हजार रुपैयाँ तलब दिनेगरी व्यवस्थापन गरिएको छ । तर, उनले शिवनाथबाट पाउनुपर्ने तलब पाउन सकेकी छैनन् ।
न्याय नपाएपछि करनका सपरिवार १ साउनदेखि जिल्ला समन्वय समितिको कार्यालयअगाडि आमरण अनसन बस्ने योजनामा छन् । आमरण अनसन बस्ने तयारी गरेका करनलाई शिक्षा समितिबाट एक साताभित्र केही गर्छाैं भन्दै अनशन नबस्न भनिए पनि दुई साता बितिसक्दा पनि कुनै सुनुवाइ भएको छैन ।

तपाइको प्रतिक्रिया

(Visited 1,529 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले 'सार्वजनिक स्थानमा झुन्ड्याइदियो'

आजको समाचार

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

काठमाडाैं ।  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

साताका लोकप्रिय समाचार

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

राष्ट्रिय गौरवको सेती राजमार्ग कछुवा गतिमा

सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन् । दुईवटा कार्यालय स्थापना गरी २०७१÷७२ सालमा...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ । आइतबार...

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

ट्रेन्डिङ

आजदेखि निषेधाज्ञामा थप कडाइ, सवारी साधनलाई सडकमा हाेल्डिङमा राखिने

काठमाडाैं । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा...

देउवा सरकारले विश्वासको मत पाउछ : देवेन्द्र पौडेल

  काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र यो संसदले पूर्ण कार्यकाल व्यतित गर्ने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)