Monday, September 27, 2021
Your Ads Here
Homeप्रदेशमेयर पटेलको राजिनामा माग्दै स्थानीयद्वारा प्रदर्शन

मेयर पटेलको राजिनामा माग्दै स्थानीयद्वारा प्रदर्शन

मेयरको लापरबाहीले कुहियो लाखौंको खाद्यान्न, स्थानीयद्वारा राजीनामा माग

राजधानी समाचारदाता,
sharethis

 

गौर। रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजिनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न निकायबाट प्राप्त भएको राहत सामाग्री वितरण नगरी गोदाममा राखेर कुहाएको र लुकेर गाड्न खोजेको उनीहरुको आरोप छ । आज गोनाही बजारस्थित नगरपालिकाको कार्यालय घेराउ गर्न हजारौँका संख्यामा पुगेका स्थानीयले मेयर पटेलको राजिनामा माग्नुका साथै प्रदेश सरकारका विरुद्ध समेत नाराबाजी गरेका छन् ।

प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने मेयर पटेलले राहत वितरण गर्ने कार्यमा आफुलाई आर्थिक लाभ नहुने भएकोले राहतको सामाग्री कुहाएर नष्ट गरेको स्थानीयको आरोप छ । देश सरकारबाट प्राप्त भएको १५ लाखभन्दा बढीको चामल, दाल, औषधीलगायतको सामाग्री वितरण नगरी गोदाममा राखेको र सोमबार राति मेयर पटेल र जिन्सी शाखा प्रमुख प्रभु यादवले डोजरले खनेर खेतमा गाड्न खोजेको अवस्थामा स्थानीयले रोकेर कुहिएको सामाग्री बाहिर राखेका छन् ।

प्रदर्शनमा सहभागी स्थानीय राजेश यादवले मेयरले राजिनामा नदिए थप आन्दोलन चर्काउने बताए । जनताको लागि प्राप्त भएको राहत सामाग्री कुहाएर मेयरले जनताको भावनासँग खेलवाड गरेको भन्दै यादवले मेयर पदमा बसिरहने नैतिकता हराईसकेको बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

“कोरोनाबाट आक्रान्त रहेको बेला प्रदेश सरकारसहित विभिन्न निकायबाट प्राप्त लाखौं रुपैयाँको राहत चामल, दाल, औषधि लगायतका सामाग्री नगरवासीलाई वितरण नगरी स्टोरमा राखेर कुहाएर नष्ट पार्ने र लुकेर जमिनमा गाड्न खोज्ने नालायक मेयर धर्मेन्द्र पटेलले राजिनामा दिनुपर्छ ।” उनले भने, “नगरपालिकाको बजेट जति भ्रष्टाचार गरेर नगरलाई बर्बाद बनाएका मेयर पटेलले अहिले लाखौ रुपैयाँको राहत नष्ट गर्ने जुन काम गरेको छ, अब एकछिन पनि उ पदमा बसिरहने नैतिकता बाँकी छैन । मेयरको कुकर्म एवम् गैरजिम्मेवार कार्यको विरुद्ध हामी यहाँ जम्मा भएका हौँ ।”

आज पत्रकार सम्मेलनमार्फत समेत सो कुराको जानकारी दिएका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र चन्द्रवंशीले समेत सो कुराको पुष्टि गरेका छन् । उनले गोदाममा राखिराखेको सामाग्री पानीबाट कुहिएको बताए ।

तपाइको प्रतिक्रिया

(Visited 86 times, 1 visits today)

आजको समाचार

अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’

  काबुल। अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरणमा संलग्न चार जनाकाे शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएका छन् । तालिबानका एक अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

  काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्...

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

साताका लोकप्रिय समाचार

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

सुनाका पीडा ! १९ वर्षअघिको बमको छर्राले रोगी बनायो

दैलेख नौमुले गाउँपालिका–३ जैशीडाडाँकी सुना सुनार हेर्दा सामान्य देखिन्छिन् । तर, उनले भोगेको पीडासुन्दा जोकसैको आङै सिरिंग हुन्छ । २१ साउन २०५९ मा सुना...

जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल

  काठमाडाैं ।  सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद्...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

ट्रेन्डिङ

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

हेटौँडा । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश...

यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने

काठमाडौँ । यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)