Friday, September 24, 2021
Your Ads Here
HomeBreaking Newsनेपाल पक्ष सरकारमा सहभागी नहुने

नेपाल पक्ष सरकारमा सहभागी नहुने

सुभाष साह,
sharethis

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारीसमेत गठबन्धन दललाई दिएको छ ।

योसँगै अब नेपाल पक्षबिनाको सरकार गठन हुने भएको छ । यद्यपि, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाल समूहलाई जसरी पनि सरकारमा सहभागी गराउन प्रयत्नरत छन् ।

एमाले स्थायी कमिटीका सदस्य एवं नेपालनिकटका नेता रघुजी पन्तले पार्टी एकताको प्रक्रियामा रहेकाले सरकारमा जान नसकिने स्पष्ट पारे । नेता नेपालले स्पष्ट रूपमा सरकारमा सहभागी नहुने बताइसकेको उनको भनाइ छ ।

‘हिजोको अवस्था बेग्लै थियो । संविधान र लोकतन्त्रको रक्षाका लागि हामी प्रतिनिधिसभा पुनस्र्थापना र सरकार निर्माणको अभियानमा थियौं, सरकारलाई विश्वासको मत पनि दियौं,’ पन्तले भने, ‘अब अवस्था हिजोकै जस्तो छैन । पार्टीलाई एकताबद्ध बनाउने गृहकार्य भइरहेकाले सरकारमा जान सकिँदैन ।’

३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । नेपाल समूहका १४ र एमाले अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले देउवालाई विश्वासको मत दिएको थियो ।

देउवा र दाहालले विश्वासको मत दिएको र प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सँगै आन्दोलनमा रहेकाले सरकार सञ्चालनमा समेत मिलेर अघि बढनुपर्ने भन्दै नेपाल पक्षलाई गठबन्धनबाट दबाब आइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवालाई भेटेर दाहालले सरकारमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेको एमाले स्रोतले जनाएको छ ।

तर, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका ओली समूहका सांसद भने सरकारमा सहभागिता जनाउन नेपाललाई दबाब दिइरहेको स्रोतको भनाइ छ । उनीहरूको चाहना सुनेपछि नेता नेपालले आफ्नै रिक्समा मन्त्री बन्न सुझाव दिएको स्रोतको दाबी छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

‘अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा गृहकार्य भइरहेको छ । छलफल जारी नै रहेका बेला सरकारमा जानु उपयुक्त हँुदैन । यदि कसैलाई जानु छ भने गए हुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

जनवर्गीय संगठन देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसद, स्थायी कमिटीका सदस्यलगायतसँग निरन्तर छलफल गरेका नेपालले सरकारमा सहभागी हुन नसकिने प्रस्ट सन्देश दिएका छन् ।

एमाले नेता विश्वनाथ प्याकुरेलले सरकारमा सहभागी हुन साथीहरूको सुझाव आए पनि नेता नेपालले त्यसलाई अस्वीकार गर्दै आएको बताए । केही साथीहरू जसरी पनि सरकारमा सहभागी हुनुपर्ने इच्छा व्यक्त गरिरहेको उनले बताए ।

एमाले स्थायी कमिटीका सदस्य डा. वेदुराम भुषालले सरकारमा सहभागी हुन विश्वासको मत नदिएको बताए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारमा सहभागी हुन आग्रह गरेको बताउँदै उनले पार्टी एकताको बारेमा छलफल भइरहेकाले सहभागी हुन नसकिने बताए । आफूहरूले छुट्टै पार्टी गठन गरिनसकेको र पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल जारी रहेकाले सरकारमा नजाने नेता नेपालले बताएको उनले सुनाए ।

तर, एमाले स्रोतका अनुसार देउवाले नेपाल समूहलाई ६ देखि ८ वटा मन्त्रालय लिएर भए पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

नेपाल र नेम्वाङबीच भेटघाट
यसैबीच वरिष्ठ नेता नेपाल र स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङबीच बिहीबार भेटघाट भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फका विगठित कार्यदलका संयोजक एवं संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ र नेता नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।

एमाले स्रोतका अनुसार पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा दुई नेताबीच छलफल भएको छ । नेम्वाङ र एमाले उपमहासचिव विष्णु पौडेल दुवै जना नेता नेपाललाई भेटेर पार्टी एकताबारे छलफल गर्ने कार्यक्रम भए पनि पौडेल छलफलमा सहभागी भएनन् ।

तपाइको प्रतिक्रिया

(Visited 57 times, 1 visits today)

आजको समाचार

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

साताका लोकप्रिय समाचार

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

कोरोना महामारीबीच धमाधम थपिँदै ठूला मल

  काठमाडौं । कोरोना महामारीबीच अहिले धमाधम होटल, रेस्टुरेन्टदेखि ठूला ठूला मलमा लगानी बढ्न थालेका छन् । कोरोना महामारीको प्रभावले पर्यटन उद्योगलगायत धेरै क्षेत्रमा असर...

ट्रेन्डिङ

चार महिनापछि नेकपा (एकीकृत समाजवादी) मुलुककै सबैभन्दा ठूलो पार्टी बन्छ : मेटमणि चौधरी

काठमाडौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नो दल आगामी चार महिनामा मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’
निर्वाचन आयोगमा...

अघिल्लो दिन क्वारेन्टाइनबाट विदा भए, भोली पल्ट निधन

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका–२, का ३१ बर्षीय एक युवकको क्वारेन्टाइनबाट बिदा भएको भोलिपल्ट मृत्यु भएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएपछि शनिबार क्वारेन्टाइनबाट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)