Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksराजधानीका सडक भ्वाङै भ्वाङ

राजधानीका सडक भ्वाङै भ्वाङ

टेनिस रोका,
sharethis

काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् । सामान्य वर्षा हुँदासमेत उपत्यकाका सडकमा ढल पसेर डुबान हुन थालेको छ ।

जसका कारण घण्टौं ट्राफिक जाम र दुर्घटना निम्तने खतरा बढेको छ । सडक नियमित मर्मत सम्भार नहुनु, ढल व्यवस्थापन समयमै नहुनु, खानेपानी तथा विद्युतका लागि भत्काइएका सडक नबनाउँदा काठमाडौं उपत्यका सडकमा समस्या देखिएको हो ।

अघिल्लो र यस वर्ष निषेधाज्ञा अवधिमा सडक विभागले चिटिक्क पारेका सडकमा वर्षा सुरु भएसँगै खाल्डाखुल्डी देखिन थालेका छन् । मेलम्ची पानी लिकेजका कारण पनि खाल्डाखुल्डी बढ्न पुगेको सडक डिजिजन कार्यालय काठमाडौंले जनाएको छ ।

उपत्यकाभित्रका सडक मर्मत सम्भार तथा निर्माण दायित्व सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिकाका, ललिततपुर महानगरपालिका, भक्तपुर नगरपालिकालागयतको हो ।

आफ्नो जिम्मेवारीभित्रको सडक मर्मत सम्भार गर्न यी निकायको उदासिनताका साथै समन्वय अभाव हुँदै आएको छ । कतिपयमा एकअर्का देखाएर जिम्मेवारीबाट पन्छिने कामसमेत हुँदै आएको छ । सहरभित्रका आठ मिटरभन्दा साना सडक महानगरपालिकाले र नदी करिडोरमा सडक एकीकृत बाग्मती सभ्यता विकास समितिले हेर्ने गर्छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले मेलम्ची पाइप बिछ्याउन खनिएका सडक मर्मत सम्भार हुन सकेको छैन । विद्युत तार भूमिगत गर्न काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खन्ने काम हुँदै आए पनि समयमै सम्पन्न हुन सकेको छैन । सडक डिभिजन कार्यालय काठमाडौं प्रमुख कुवेर नेपाली खाल्डाखुल्डी परेको र हिलाम्मे सडक विभागको कार्यक्षेत्रबाहिरका रहेको बताउँछन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

विद्युत प्राधिकरणले तार भूमिगत गर्नेक्रममा कार्य सम्पन्न नभएको र हस्तान्तरण नगरेका कारण मर्मत नसकिएको गंगालाल बूढानीलकण्ठ गोल्फुटार धुम्बाराहीबाहेक काठमाडौं सडक डिभिजनको सडक सामान्य अवस्थामा रहेको उनले बताए । पछिल्लो समय काठमाडौं त्रिपुरेश्वर, कालिमाटीलगायतका सडकखण्ड खाल्डाखुल्डी परेका छन् । कलंकीदेखि बालाजु, चाबहिल हुँदै कोटेश्वरसम्मको चक्रपथका विभिन्न भागमा बाक्लो रूपमा खाल्डाखुल्डी छन् ।

थापाथलीस्थित प्रसूति गृहअगाडि हिँड्नै समस्या पर्नेगरी सडक बिग्रिएको छ । काठमाडौं महानगरपालिकले ठेक्का लगाएको सो सडकखण्ड लामो समयदेखि मर्मत हुन सकेको छैन । महानगरपालिकाले पनि सडक बनाउन चासो नदेखाएको पाइएको छ ।

चाबहिल–बौद्ध– जोरपाटी–साँखु खण्डको अवस्था वर्षौंदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गर्छ । भक्तपुर भत्केपाटी– नगरकोट सडकखण्डअन्तर्गत गडगडे तथा पेप्सीकोला– सल्लाघारी सडक वर्षौंदेखि पिच हुन सकेको छैन । ललितपुर ढोलाहिटी–सुनाकोठी–चापागाउँ– प्याङगाउँ–लेले–तिलेश्वर सुनाकोठी खण्डको अवस्था उस्तै छ ।

काठमाडौंका खोला करिडोरका सडक अवस्था पनि दयनीय छन् । विभिन्न नाका जोड्ने सडकको अवस्था झनै खराब छ । दक्षिणकाली, साँखु, टोखा, बालाजु, सीतापाइलालगायत नाकाका सडक राम्रो छैन ।

 

 

 

 

तपाइको प्रतिक्रिया

(Visited 54 times, 1 visits today)

आजको समाचार

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

  अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह...

साताका लोकप्रिय समाचार

तालिबानमा देखिएको लचकता

काबुलमा तालिबानको पुनारागमनसँगै पश्चिमासहित पूर्वीय देशहरूले पनि तालिबान पुरानै छन् वा फेरिएर आएका छन् भनी जिज्ञासा प्रकट गरिरहेका थिए । एकआपसमा तालिबानबारे विभिन्न धारणा...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

नयाँ लुक्समा देखिए कोरियाली नेता किम, एक वर्षमा घट्यो २० किलो तौल

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन् । प्योङयाङमा आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो...

अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी

  काठमाडौं । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ८४ रनको योगदान दिएपछि आईसीसी विश्वकप लिग– २ को पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित ग-यो ।...

बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक यात्रुको मृत्यु, तीन घाइते

  बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका-८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको...

ट्रेन्डिङ

कांग्रेस १४औं महाधिवेशनः जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति

काठमाडौं नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाएको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर
कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत...

राजेश पायल राईको नयाँ पूर्वेली गीत

काठमाडौं । गायक राजेशपायल राईको नयाँ पूर्वेली भाकाको गीत ‘पूर्वै सहर...’को भिडियो सार्वजनिक भएको छ । यो गीतमा उनलाई र गायिका निलम रोजु राईको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)