Saturday, September 25, 2021
Your Ads Here
Homeभर्खरैभागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

महेश्वर गौतम,
sharethis

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ ।

२९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व गरेको मंगलबार २२ दिन पुगेको छ । सरकारमा हालसम्म प्रधानमन्त्रीसहित चार फुलमन्त्री र एक राज्यमन्त्री गरी ६ जना छन् । स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीको भरमा छ । सत्ता सहयात्री दलहरूबीच भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

हालको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपा, नेकपा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा गरी पाँच दल आबद्ध छन् ।

– प्रधानमन्त्री देउवाका २२ दिन
– तीन दललाई मन्त्री छान्नै हम्मे
– को को छन् आकांक्षी ?

सत्ता गठबन्धनको मुख्य सहयोगीमध्येको एउटा घटक नेकपा एमालेको माधव नेपाल समूह सरकारमा नजाने पक्काजस्तै छ । राष्ट्रिय जनमोर्चाले पनि सरकारमा नजाने बताइसकेको छ ।

यस्तै, मुख्य नेतृत्वकर्ता दल कांग्रेसबाट अझै कोको मन्त्री बन्ने टुंगो लागेको छैन । कांग्रेसमा गुटअनुसार मन्त्रीको सूची बनाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् ।

यसैगरी, माओवादी केन्द्रमा मन्त्रीका लागि आकांक्षी धेरै हुँदा अध्यक्ष पुष्पकमल दाहाल हैरानीमा छन् । जसपाले समेत सरकारमा पठाइने मन्त्रीबारे निर्णय लिन सकेको छैन ।

भागबन्डामा समस्या
मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन ।

सो विषयमा सहमति गर्न भन्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति नभएपछि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव पहिले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णयमा पुगेका छन् ।

सोमबारको बैठकमा माओवादी केन्द्रले माधव नेपाल समूह सरकारमा नजाने अवस्थामा नौ मन्त्रालय आफूलाई चाहिने प्रस्ताव राखेको छ । यस्तै, जसपालेसमेत सो अवस्थामा मन्त्रालय बढी पाउनुपर्ने सर्त राखेको छ । जसपाले नेपाल समूह सरकारमा नआएको अवस्थामा आठ मन्त्रालय पाउनुपर्ने बताउँदै आइरहेको छ ।

कांग्रेसले त्यो अवस्थामा आफ्नो भागमा पनि १० मन्त्रालय राख्न चाहेको छ । तर, संविधानअनुसार भने २५ भन्दा बढी मन्त्री बनाउन पाइँदैन । यसैगरी, सबै दलले प्रभाव राख्न सक्ने मन्त्रालय खोजेका कारण पनि भागबन्डामा समस्या हुँदै आइरहेको छ ।

माओवादी केन्द्रले परराष्ट्रसहितका मन्त्रालय खोजिरहेको छ । तर, जसपाले माओवादीले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका कारण परराष्ट्रसहित भौतिक मन्त्रालयमा चाहना राख्दै आइरहेको छ ।

यसैगरी, कांग्रेसलेसमेत भौतिक र रक्षा मन्त्रालय आफैंसँग राख्न चाहेको छ । तर, शक्ति सन्तुलनका हिसाबले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयसमेत कांग्रेसले राखेका कारण भौतिक मन्त्रालय पनि कांग्रेसलाई दिने पक्षमा माओवादी र जसपा छैनन् । तर, रक्षामा भने अरू दलले खासै चासो राखेका छैनन् ।

माओवादीको बैठक
माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीका विषयमा शनिबार र आइतबार छलफल गरे पनि कुनै निर्णय गर्न सकेको छैन ।

माओवादीबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि विवाद छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महरा दुवै सरकारमा नेतृत्व गर्न इच्छुक देखिएका छन् । तर, कसको नेतृत्वमा ककसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादी केन्द्रले निर्णय लिन सकेको छैन ।

यसअघि नै मन्त्री छान्न आफूलाई हम्मेहम्मे परेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र धेरै आकांक्षी रहेको बताएका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

माओवादी केन्द्रबाट सरकारमा हाल जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । थप मन्त्रीका लागि मन्त्रीका लागि माओवादी केन्द्रमा मात्रिका यादव, हरिबोल गजुरेल, शशि श्रेष्ठ, देवेन्द्र पौडेल, अमनलाल मोदी, सुदन किराँती, जयपुरी घर्ती र महेश्वर गहतराज (अथक) दौडमा छन् ।

जसपा पनि अनिर्णीत
जसपाले पनि सरकारमा पठाउने मन्त्रीको नाम टुंग्याउन सकेको छैन । जसपाले शनिबार मात्रै संसदीय दलको नेतामा उपेन्द्र यादवलाई छानेको थियो । जसपाबाट सरकारको नेतृत्व भने अध्यक्ष यादवले नै गर्ने लगभग निश्चित छ ।

जसपाले मन्त्रीको नाम टुंगो लगाउन सकस भएपछि अध्यक्ष यादवसहित अर्का अध्यक्ष बाबुराम भट्टाई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ । तर, कहिलेसम्म मन्त्रीको नाम टुंगो लगाउने निश्चित छैन । जसपाले पनि कति मन्त्रालय पाउँछ टुंगो छैन ।

जसपाबाट महेन्द्र यादव, प्रदीप यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव मन्त्री बन्ने पक्का जस्तै छ । यसैगरी, मन्त्रीका लागि इस्तियाक राई, रामसहाय यादव, सूर्यनारायण यादव, प्रमोद शाह र मृगेन्द्रसिंह यादव पनि दौडमा छन् ।

अरूलाई मिलाएर कांग्रेसमा छलफल
कांग्रेसबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् । कांग्रेसले अब पार्टीभित्रको नेता रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहलाई पनि मिलाएर सरकारमा लैजानुपर्ने बाध्यता छ ।

यसरी भागबन्डा मिलाउँदा कांग्रेसबाट अब चार वा पाँच जना मन्त्री थपिन सक्छन् । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाले पौडेल समूह र सिटौला समूहलाई एक÷एक मन्त्री दिन सक्छन् भने आफ्ना तर्फबाट थप मन्त्री बनाउन सक्छन् । पौडेल र सिटौलानिकट नेताका अनुसार प्रधानमन्त्री देउवाले अझैसम्म मन्त्रीका लागि दुवै समूहबाट नाम मागिसकेका छ्रैनन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

प्रधानमन्त्री देउवानिकट नेता मीन विश्वकर्माले पहिले सत्ता गठबन्धन आबद्ध दलहरूबीच मन्त्रालय र मन्त्रीको टुंगो लगाएपछि आफ्नो दलभित्रबाट नाम माग्ने जानकारी दिए ।

‘यो गठबन्धन सरकार हो, प्रधानमन्त्रीज्यूले पहिले गठबन्धन आबद्ध दलबाट मन्त्री टुंग्याएर आफ्नो दलबाट कोको हुने टुंग्याउनुहुन्छ, छलफल हुँदै छ,’ नेता विश्वकर्माले भने ।

कांग्रेसमा पुष्पा भुसाल, दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल, मीन विश्वकर्मा, तेजुलाल चौधरी, प्रकाशमान सिंह, सुजाता कोइराला, डा. नारायण खड्का, भीमसेनदास प्रधान र उमाकान्त चौधरी मन्त्री बन्ने दौडमा छन् ।

माधव नेपालतर्फ पनि अन्तिम कोशिस
सत्ता साझेदार दलले सरकारमा सहभागी हुन एमाले नेता माधव नेपाललाई फकाउन अझै प्रयास गर्दै आइरहेका छन् । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार मात्रै पनि नेता नेपालको कोटेश्वरस्थित निवासमा पुगेका थिए । तर, दाहालले आइतबार नै आफ्नो दलको स्थायी कमिटी बैठकमा नेपाल समूह सरकारमा आउने सम्भावना कम हुँदै गएको सुनाएका थिए ।

नेपालनिकट रहेर प्रधानमन्त्रीमा देउवालाई सघाएका २२ सांसदले भने सरकारमा सहभागी हुन नेपाललाई सुझाउँदै आइरहेका छन् । तर, आन्तरिक कलहका कारण आफ्नो समूहलाई सरकारमा पठाउने नपठाउने विषयमा नेपालले गठबन्धनलाई निर्णय दिन सकेका छैनन् ।

उनले सो विषयमा कानुनका जानकारसँगसमेत छलफल गरिरहेको बताइन्छ । सरकारमा सहभागी हुँदा मूल पार्टीबाट हुने कारबाही र त्यसपछिको अवस्थाका विषयमा नेता नेपालले आन्तरिक रूपमा छलफल गर्दै आइरहेको बताइन्छ ।

सोही कारण सत्ता गठबन्धनमा रहेका अन्य दलले नेपाल नेतृत्वको समूहलाई सरकारमा सहभागिताका लागि कुर्दै आइरहेको बताउने गरेका छन् । नेपालनिकट केही सांसद भने प्रधानमन्त्री देउवासमक्ष मन्त्री बनाउन भन्दै धाइरहेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 191 times, 1 visits today)

आजको समाचार

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

साताका लोकप्रिय समाचार

प्रहरी र सशस्त्र प्रहरीमा विभूषणको अर्थ

  काठमाडौं । सुरक्षा निकायमा भने विभूषणले ठूलो अर्थ राख्छ । योपटक नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसहित विभिन्न तहका १ सय १९ जनालाई...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

मिसेस नेपाल वल्डमा पनि नेपालकाे सहभागिता

  काठमाडौं । विगत दुई दशकभन्दा लामो समयदेखि नेपालले मिस वल्र्डमा सहभागिता जनाएर विश्व सुन्दरीबीच नेपाली सुन्दरीलाई पनि चिनाउँदै आएको छ । पहिलोपटक विवाहित महिलाहरूको...

ट्रेन्डिङ

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

आज काठमाडौंमा एक जनासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज शनिबार विहान काठमाडौंमा एक् जनासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंसहित कपिलवस्तु,...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)