कांग्रेस पदाधिकारीे बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीे बैठक आज बस्दैछ । दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने जनाइएको छ । यसअघि क्रियाशील सदस्यता छानबिन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शीर्ष तहका नेताहरुलाई दिँदै प्रतिवेदन बुझाएको थियो ।

पार्टीको महाधिवेशन नजिकिए पनि सदस्यता विवाद समाधान हुन सकेको छैन । केही नेताहरुले स्थानीय अधिवेशन भदौ पहिलो साताबाट गर्ने गरी तयारी भइरहेको बताएका छन् । पार्टी नेतृत्वले भोलिसम्म क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रुप दिने नेता मीन विश्वकर्माले बताए ।

यसअघि कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विवादकाबीच थपिएको क्रियाशील सदस्यसङ्ख्या स्वीकार गर्न नसकिने बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम