Monday, September 27, 2021
Your Ads Here
Homeप्रदेशदेउवा सरकारले गरिबको जीवनसँग खेलवाड गर्योः पूर्वमन्त्री साह

देउवा सरकारले गरिबको जीवनसँग खेलवाड गर्योः पूर्वमन्त्री साह

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । पूर्वमन्त्री प्रभु साहले भुमिसम्बन्धि समस्या समाधान आयोग विघटन गर्नु सरकारको गरीबविरोधी हर्कतको पराकाष्ठा भएको बताएका छन् ।

आज फेसबुकमार्फत आपत्ति जनाउदै पूर्वमन्त्री साहले भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी लालपुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला सरकारले गैरजिम्मेवारीपूर्ण ढंगले आयोग विघटन गरेर जनिविरोधी काम गरेको जनाएका छन् ।

केही कथित कम्युनिष्टसहितको देउवा सरकारको हर्कतले वर्तमान शासन प्रणाली र विधिको शासनमाथि नै गम्भीर प्रश्न खडा भएको पूर्वमन्त्री साहको ठहर छ । उनले सत्ता स्वार्थका लागि बनेको अपवित्र गठबन्धनको सरकार गरिब, विपन्न तथा दलितहरुको आवास निर्माणसँग सम्बन्धित जनता आवास तथा सुरक्षित नागरिक आवास कार्यक्रमप्रति समेत उदासीन रहेको आरोप लगाएका छन् ।

‘भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी लालपुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला कथित केहि कम्युनिष्ट सहीतकÞो वर्तमान देउवा नेतृत्वको सरकारले गैरजिम्मेवारी पूर्ण ढंगले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरी विपन्न तथा दलित विरोधी हर्कतको पराकाष्ठा नै पार गरेको देखिन्छ’ पूर्वमन्त्री साहले भने, ‘सत्ता स्वार्थका लागी बनेको यो अपवित्र गठबन्धनको सरकारले गरीब विपन्न तथा दलितहरुको अवास निर्माणसंग सम्बन्धित जनता अवास र सुरक्षीत आवास कार्यक्रमप्रति समेत उदासीनता राख्दै आएकोमा सत्ता गठबन्धनबाट सुरुवातमैं नेपालको संविधानको मर्म र भावना विपरीत लाखौं लाख भूमिहिन सुकुम्बासी जनतालाई आतंकीत (त्रसित) बनाउन जुन रुपमा भूमि आयोग विघटनको निर्णय भएको छ, यो निश्चय नै दुखद, दुर्भाग्यपूर्ण एवं खेदजनक विषय हो ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

‘असंवैधानिक ढंगले सर्वोच्चको परमादेशबाट गठित यो सरकारले संवैधानिक अंग तथा राज्यका विभिन्न निकायहरुमा क्रियाशील जिम्मेवार पदाधिकारीहरुलाई गैरकानूनी एवं प्रतिशोधपूर्ण ढंगले स्थापित मुल्य एवं मान्यता विपरित गर्न लागेको नियुक्ति र बर्खास्ती सम्बन्धि कार्यले आज समग्र शासन प्रणाली एवं विधिको शासनमाथी नै गम्भीर प्रश्न खडा गरेको छ !’ पूर्वमन्त्री साहले थपे ।

सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरी लालपुर्जा वितरणको तयारी गरिरहेको आयोगलाई सरकारले मंगलबार खारेज गरेको हो ।

तपाइको प्रतिक्रिया

(Visited 85 times, 1 visits today)

आजको समाचार

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

  काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्...

कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

साताका लोकप्रिय समाचार

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

डेढ वर्षपछि खुल्यो अनअराइभल भिसा

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दै गएसँगै अहिले सरकारले विभिन्न मुलुकबाट नेपाल भित्रिने विदेशी पर्यटकका लागि अनअराइभल भिसा दिने कार्य खुला...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

ट्रेन्डिङ

हरायो मानवता

यतिबेला मानवता हराएको छ । मानवले मानवप्रति गरिने व्यवहार, सद्भाव दया, माया साथै कर्तव्य भुलिरहेको भान हुन्छ । अमानवीय र असंवेदनशील क्रियाकलापहरु बढ्दै गएको...

सदनमा संविधान संशोधन विधेयक पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) समावेश गर्न सो विधेयक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)