धनगढी । गत वर्ष २०७७ फागुन २१ गते कैलाली जिल्ला अदालतले मालपोत कार्यालय कैलालीलाई आदेश ग¥यो– गोदावरी नगरपालिका वडा नम्बर १ बस्ने राजाराम चौधरी, अम्मर चौधरी र अगनिया चौधरीका नाममा जमिन नामसारी गराउनु । अदालतको आदेशपछि उनीहरूको नाममा जग्गा पास भयो ।
बिगतमा बन क्षेत्र रहेको सोे जमिन उनीहरूको नाममा पास भएको एक साता नवित्दै उनीहरूको जमिन अरुको नाममा पास भएको छ । २०७७ फागुन २८ गते कित्ता नम्बर १४४८, १४४९ र १४५० को जमिन गंगाराम क“डेल जैशीको नाममा बिक्री गरि पास भएको भेटिएको छ ।
सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त भएको जग्गा विक्री वितरण तथा अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने प्रावधान छ ।
राजारामहरूको जमिन छेउमा बस्दै आएकी तुलसी भट्टराईले भनिन् ‘अर्कै ब्यक्तिले भोगचलन गरिरहेको जमिनलाई अदालतले भूमिहीन सुकुम्बासीका नाममा दिनु भनेर आदेश दियो । कैलाली मालपोत कार्यालयले सुकुम्बासीको नाममा पास भएको जमिन अर्कै व्यक्तिको नाममा नामसारी गरेछ । यो कस्तो नियम हो ? यसमा कसकसको मिलोमतो छ ? सत्य तथ्य बाहिर आउनुपर्छ ।’
भूमिसुधार तथा मालपोत कार्यालय, कैलालीका प्रमुख सुरेन्द्र केसीले आफू यस’bout अनभिज्ञ रहेको बताएर पन्छिए । उनले रजिष्टे«शन पास गर्ने र रुजु गर्ने कर्मचारीलाई यस’bout जानकारी हुने बताए ।
मालपोत कार्यालयका कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर भूमिहीन सुकुम्बासीको नाममा रहेको जमिन अरु व्यक्तिको नाममा पास गरेको आरोप लागेको छ । मालपोत कार्यालय कैलालीका प्रमुख केसीले भनेअनुसार रजिष्टे«शन पास गर्ने र रुजु गर्ने कर्मचारीलाई बुझ्न खोज्दा मालपोत अधिकृत उद्धवसिहं कार्की र नायव सुब्बा सूर्य ओझाको सरुवा भइसकेको छ ।’
मालपोत अधिकृत जनक मिश्रले सुकुम्बासीका नाममा पास भएको जमिन २५ वर्ष नाघेको भए बिक्रि गर्न मिल्ने बताए । तर सुकुम्बासीका नाममा जमिन पास भएको एक साताभित्रै बिक्रि भएको भन्ने प्रश्नमा उनले पनि बोल्न मानेनन । उनी पनि कागजपत्र हेर्ने कर्मचारीलाई थाहा हुनुपर्छ भन्दै पन्छिए ।
जमिन कित्ताकाटका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस समेत भेटिएको छैन । अर्कैको नाममा पास भएको जमिन नजिकका एक छिमेकीले भने– बाटो समेत पास भएको पाइएन । ३० लाख रुपैया सरकारी दर रेट भएको जमिनको सरकारी दर छ लाख रुपैया हालेर बिक्रि भएको पाइयो । यो सरासर भ्रष्टाचार हो ।






