दैलेख । दैलेखको दुल्लू नगरपालिका–२ को सिद्धेश्वर महादेव मन्दिरमा देउकेटा फेरिएका छन् । २०७७ मंसिरदेखि ७ वर्षीया बालक सुवास गिरी देवकेटा बनेका हुन् । महादेव उमावि कक्षा ३ मा अध्ययनरत गिरी १० वर्ष अझै मन्दिरमा पुजारी बस्नुपर्ने हुन्छ ।
कर्णाली नदी र लोहोरे खोलाको संगममा रहेको दैलेखको तल्लोडुंगेश्वर सिद्धेश्वर महादेव मन्दिरमा देउकेटा चढाउने परम्परा कायमै रहेको छ । धार्मिक परम्पराअनुसार देउकेटा मन्दिरमा नचढाए अनिष्ट हुने, दैवी प्रकोप आउने अन्धविश्वासका कारण देउकेटा चढाउने प्रथा कायमै रहेको हो । समुन्द्री सतहदेखि ५ सय ४४ मिटरको उचाईमा रहेको तल्लोडुंगेश्वर दैलेखका पञ्चकोसी तीर्थस्थलको प्रवेशद्वारा हो ।
देवतालाई चढाएका जीवन गिरी एइई परीक्षा दिनुपर्ने भएको र १८ वर्ष पूरा भइसकेको हुँदा मन्दिरबाट अवकाश पाएका हुन् । सुवास गिरीलाई तिनै जीवन गिरीले काममा सहयोग पु¥याउँदै आएका हुन्छन् । सबै कामको जानकारी नभएकाले सहयोग गरिदिएको जीवनले बताए । २०६८ को जेठ महिनामा जीवन गिरी पुजारी बनेका थिए । देउकेटा बनेका जीवनका दाइ जिप दुर्घटना भएकै राति ९ वर्षीय साइलो छोराको ब्रतबन्ध मन्दिरमा चढाइएको थियो ।

काठमाडौं, भक्तपुर, ललितपुर तलेजु मन्दिरमा बालकुमारी राख्ने परम्परा जस्तै यस मन्दिरमा पनि नाबालाक केटो देउतालाई चढाउने परम्परा पुरानो हो । बालबालिकालाई धार्मिक स्थलमा देउकी, देउकेटा जस्ता कार्यमा लगाउने नहुने कानुनमा उल्लेख गरे पनि धार्मिक परम्पराअनुसार यस कार्यले निरन्तरता पाएको छ । परम्पराअनुसार गिरी परिवारले पुजारी बस्ने परम्परा रहेको छ । बिहान, बेलुका पूजापाठ गर्नु, मन्दिरमा आएका भक्तजनलाई टीका लगाइदिनु देउकेटाको दिनचार्या नै हुने गरेको छ । मन्दिरमा साताको मंगलबार र शुक्रबारमा पूजापाठ गर्ने भक्तजनको घुइँचो लाग्ने हुनाले देउकेटाको पढाइ समेत बिग्रिने आफन्त बताउँछन् ।
मन्दिरमा चढाएका देउकेटाले आफू बनाएको खानाबाहेक होटलमा चिया, नास्ता नखाने, महिनावारीलाई नछुने चलन छ, यदि छोएमा देवता रिसाउने र पुजारी बिरामी हुने, सर्पले लखेटने घरमा अनिष्ट हुने जनविश्वास रहेको छ । पाठपूजा गर्नेसक्ने उमेरदेखि १६ वर्षसम्म मात्र देउकेटा राख्ने चलन छ । देउकेटाको १६ वर्षपछि बिहेबारीको अवस्था रहने भएकोले परम्पराअनुसार देउकेटा हटाउने गरेको दुल्लू नगरपालिका–१३ का विष्णु शाहीले बताए । ‘कसैसँग शारीरिक सम्बन्ध नहुने हु“दा १६ वर्षमुनिका बालकलाई मन्दिरमा चढाउँछन्,’ उनले भने ।
विद्यालयमा पढाइ हुँदा शिक्षकले उनलाई बेग्लै राखेर पढाउने गरेको देउकेटा बताउँछन् । ‘देउकेटालाई कसैले नछुनु सञ्चो हँुदैन भनेर मलाई एक्लै राख्छन् ।’ ‘साथीसँग खेल्ने मन लागे पनि हेरेर बसिरहन्छु, घरमा आमा बुबाले अरू दिएको खानेकुरा नखानु र महिनावारीलाई नछुनु भन्छन्’, देउकेटाले भने । ‘विगत २५ वर्षदेखि सञ्चार क्षेत्रमा काम गर्दै आएका एवं दैलेख जिल्लाका इन्सेक प्रतिनिधि अमर सुनार, धर्म संस्कार मान्यता दिने गरेको छ । पढाइ नै रोकेर देउकेटाका नाममा बालबालिका हक अधिकार हनन् हुने गरी राख्नुहँुदैन, धार्मिक आस्था नखलबलिने, बालकले पनि पढ्न, लेख्न र खेल्न पाउनुपर्छ । ‘यो नै नैसर्गिक अधिकार हो’ । बालबालिका सिर्जनशीलता हुने समयमा अन्धविश्वासमा अड्काउनु राम्रो होइन, उनले भने ।






