‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’

काठमाडौं । कोरोना संक्रमण भएकी आमाले पनि स्तनपान गराउन मिल्ने विज्ञले सुझाएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेर स्तनपान गराउन मिल्ने विज्ञको सुझाव छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले कोभिड–१९ संक्रमित आमाले पनि बच्चालाई दुध चुसाउन सक्ने बताए । उनले भने, ‘अहिले कोरोना संक्रमण बढिरहेको छ ।

कोभिड–१९ संक्रमित आमाले पनि बच्चालाई दुध चुसाउन सक्नुहुन्छ । यदि बच्चालाई कोभिड–१९ भएको छ र आमालाई कोभिड–१९ भएको छैन भने पनि आफ्नो बच्चालाई आमाले दुध चुसाउन सक्नुहुन्छ । तर, यस्तो बेलामा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्नुपर्छ ।’

पोषण शाखा प्रमुख पराजुलीले आमाले मास्कको समुचित प्रयोग गर्नुपर्ने, हात धुने, सरसफाइ गर्ने, दुध चुसाउनुभन्दा अघि स्तन धुने, दुध चुसाइसकेपछि स्तन पुनः धुने, आमाले सरसफाइ गर्ने, आफ्नो वरिपरिको ठाउँ सफा गर्नुपर्ने बताए ।

दुध चुसाउँदा के कुरामा ध्यान दिने ?
– आमाले मास्कको समुचित प्रयोग गर्नुपर्ने
– साबुन पानीले हात धुने
– सरसफाइ गर्ने
– दुध चुसाउनुभन्दा अघि स्तन धुने
– दुध चुसाइसकेपछि स्तन पुनः धुने
– आफ्नो वरिपरिको ठाउँ सफा राख्ने

उनले भने, ‘यति मात्रै गरियो भने आमाले आफ्नो बच्चालाई दुध चुसाउन सकिन्छ ।’ स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक रोशनी लक्ष्मी तुइतुइले बच्चा जन्मिसकेपछि बच्चाको पहिलो आहार अथवा बच्चाको अधिकार भनेको आमाको दुध भएको बताइन् ।

उनले भनिन्, ‘आमाको दुध राम्रोसँग आउनका लागि गर्भावस्थादेखि तयारी हुनुपर्छ । तयारी भन्दाखेरी शारीरिक तयारी, मानसिक तयारी, परिवारको साथ सहयोग अनि श्रीमानको साथ सहयोगको ठूलो आधार हुन्छ । ’ यसैबीच, ‘हामी सबैको साझा जिम्मेवारी स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ विश्व स्तनपान सप्ताह मनाइएको छ ।

दिवसका अवसरमा मातृ शिशुमैत्री अस्पताल कार्यक्रम लागू भएका अस्पतालसँग छलफल गरिएको छ । यस्तै, स्तनपान’bout बृहत् वेभिनार भएको छ । समुदाय तथा बर्थिङ सेन्टरका प्रतिनिधिको सहभागितामा स्तनपानका सन्दर्भमा छलफल भएको छ ।

स्तनपान संरक्षणको महत्व’bout सबैलाई सुसूचित गर्ने, स्तनपानको संरक्षण जनस्वास्थ्यका आधारभूत कार्य र सबैको जिम्मेवारी हो भन्ने’bout वकालत गर्ने, अधिक प्रभावका लागि व्यक्ति तथा संगठनसँग संलग्न हुने र स्तनपानको संरक्षणमार्फत जनस्वास्थ्यमा सुधार ल्याउन सबैलाई प्रेरित गर्ने स्तनपान सप्ताहको उद्देश्य हो ।

प्रत्येक पालिकामा सप्ताहको अवसरमा स्तनपान गराइरहेका आमालाई स्तनपानको महत्व’bout स्वास्थ्य शिक्षा समेत दिइएको थियो । स्वास्थ्यकर्मीमार्फत स्तनपान गराउने आमा र परिवारका सदस्यलाई स्तनपानको महत्व, कोभिड संक्रमित भएकी आमाले पनि सावधानी अपनाएर बच्चालाई स्तनपान गराउन सक्ने लगायतका विषयमा परामर्श गरिएको छ ।

सरोकारवालाले स्तनपानको महत्व’bout सप्ताहमा मात्रै सीमित हुन नहुने औंल्याएका छन् । परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख पराजुलीले सप्ताहको अवसरमा मात्रै केन्द्रित नभई अन्य समयमा पनि स्तनपानको महत्व’bout विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले अहिले पनि कोरोना संक्रमण भएका महिलाले आमाको दुध खुवाउनुहुँदैन भन्ने धारणा भए पनि कोभिड संक्रमित भएकी आमाले पनि सावधानी अपनाएर बच्चालाई स्तनपान गराउन सक्ने बताए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाले पोषणसम्बन्धी दिवसका लागि भन्दै स्थानीय तहमा बजेट उपलब्ध गराएको थियो । जसअन्तर्गत गाउँपालिकामा ३० हजार, नगरपालिकामा ४० हजार, उपमहानगरपालिकामा ४५ हजार र महानगरपालिकामा ५० हजार रुपैयाँ बजेट उपलब्ध गराइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश