मेरो बदनाम गराउने प्रपञ्च रचियो : अध्यक्ष महतो

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षले आफुलाई बदनाम गराउने प्रपञ्च रचेको दावी गरेका छन् । चन्द्रनगर गाउपालिकामा इमान्दारी पुर्वक विकासको काम गर्दा पनि अनियमितता भएको झुठा विषय बस्तु उठाएर बद्नाम गरिएको उनको भनाई छ ।

आ.व. २०७७/०७८ मा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चन्द्रनगर गाउपालिका वाडा नं. १ स्थित रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भार गर्नका लागि स्वीकृत योजना अनुसार भेलाबाट उपभोक्ता समिति गठन गरिएको थियो । रामवृक्षको घरदेखि बेचन पासवानको घर हुँदै भैसियाही खोला सम्मको सडकलाई स्थानीय सरकारको निर्देशिका र मापदण्द अनुसार सडक सुधारको कार्य सम्पन्न भएको अध्यक्ष महतोले दावी गरेका छन् । ‘केहि गलत मानसिकता भएका व्यक्तिहरुको निजी स्वार्थ पुर्ती नहुदा राम्रो कामलाई नराम्रो भनेर बदनियत पुर्ण तरिकाले बद्नाम गरे ।’ उनले भने । केहि सञ्चारमाध्यमले एकतर्फी समाचार बनाएको उनको आरोप छ ।

‘जुन सडकमा योजना अनुसार काम भएको छ, त्यस सडकलाइ नदेखाई गलत तरिकाले खाल्टो भएको सडकलाई आधार बनाई समाचार सम्प्रेषण गरि गाउँपालिकालाई बदनाम काम भएको छ ।’ उनले भने ।

१६ लाख ७७ हजार जनसहभागिता सहित रामवृक्षको घरदेखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्यमा कहीं कुनै किसिमको अनियमितता नभएको अध्यक्ष महतोले दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

पहिराका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा