भाषा कसको सम्पत्ति हो ?

भाषा बचाउँदा, भाषा जोगाउँदा पहिचान मात्र होइन तिनको रैथाने ज्ञान, सीप, कला, विज्ञानलगायतका मूल्यवान् सम्पदा जोगिन्छन् । भाषाको इतिहासलाई कोट्याउँदा अशोक चल्लकालीन दुल्लुको शिला अभिलेख जुन १३१७ सालदेखि १३२७ सालसम्मको अड्कलसम्म पुग्नुपर्छ । शिलापत्र, ताम्रपत्रमा भाव सम्प्रेषण गर्ने माध्यम खोज्दै मान्छेले विकास गरेको भाषाजस्तो अमूल्य निधि आज आएर धराशायी बन्नु भनेको मानव आर्जन विनाश हुनु हो ।

नेपालमा कथ्य रूपमा मात्रै जीवित रहेका भाषाभाषीहरू माध्यम भाषा र अंग्रेजीतिर आकर्षित हुनुलाई क्षणिक रूपमा जे जसरी हेरिए पनि कालान्तरमा त्यो गलत नै हुनेछ । यसो भनिरहँदा हिन्दी भाषाको प्रभाव, आकर्षण र वर्चस्व दर अत्यधिक धेरै बढ्दो छ । हुन त, ‘मैले मेरो भाषा जानेर न त जागिर पाउँछु न त गौरव नै हुन्छ’ भन्ने एक किसिमको पीडा नहुने पनि होइन ।

यसर्थ भाषासँग अभावका कारण रोजगार मनोविज्ञानको प्रभाव रहँदा हामी अपशकुनको बाटोमा छौं । यस’bout भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, जनजाति आयोग, त्रिभुवन विश्वविद्यालयदेखि स्थानीय सरकार र केन्द्रीय सरकार पनि संवेदनशील र सचेत भएर अघि बढ्नुपर्छ । मातृभाषीले भाषाकै कारणले रोजगारको अवसरबाट वञ्चित हुनुहुन्न । तिनले बोल्ने भाषामा गर्व गर्ने परिवेश तय पनि हुनुपर्छ ।

नेपालका सबै भाषा हरेक नागरिकका सम्पत्ति हुन् । सबै भाषा मुलुकका लागि गौरवान्वित आधार हुन् तब त हामी बहुभाषिक मुलुक भनिरहेका छौं । यसो भनिरहँदा एकैसाथ गणना परेका विदेशी भाषामा हामीले त्यसरी गौरव गर्न भने सक्दैनौं । यसर्थ नेपालका मातृभाषाको रक्षा गर्नु भनेको नेपालको अमूल्य निधिको रक्षा गर्नु हो । तथापि, नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई भुल्दै गएको यथार्थ हामीमाझ छ । हाम्रो मुलुक अहिले विकासोन्मुख गतिमा भएकाले नागरिकको ध्यान कमाइतर्पm हुनु स्वाभाविक हो ।

समृद्ध मुलुकका इतिहास हेर्दा भौतिक सम्पन्नताको एउटा चरणलाई पार गरेपश्चात् फेरि मौलिक पहिचानतर्पm ध्यान दिइनु आवश्यक ठानिन्छ तर त्यस बेलासम्ममा ढिलो भइसक्छ । स्वपहिचान, भाषा र मौलिक धरोहरको महत्तालाई बिर्सेर गरिएका विकासले मात्रै मान्छे दीर्घकालसम्म सम्पूर्ण रूपमा सन्तुष्ट हुन सक्दैन । नेपालका भावी पुस्ताले भौतिक समृद्धिको एउटा चरणमा पुगेपछि पहिचान सक्किएर दुःखी हुनुपर्ने दुर्भाग्य भोग्नु नपरोस् ।

हामी पनि समृद्धिका लागि भौतिक सम्पन्नतातर्पm पाइला लम्काइरहेका हौंला नै तर भाषा रक्षाको विषय मामुली मानिँदा लापर्बाही भइरहेको छ । विगतमा सञ्चार माध्यमले नै उचाइमा पु¥याएको भाषालाई हिजोआज धेरैजसो सञ्चार माध्यमले भाषिक मिश्रणको खिचडी बनाइरहेको भान हुन्छ । अंग्रेजी भाषा मिसाएर चलाइने कार्यक्रममा गर्व गरेको विषयले हामी बिग्रन्छौं भन्दा अत्युक्ति नहोला ।

मान्छेले विकास गरेको भाषाजस्तो अमूल्य निधि आज आएर धराशायी बन्नु भनेको मानव आर्जन विनाश हुनु हो

बडप्पन देखाउने शैलीमा अनुसरित हुँदै जाँदा न हामी आफ्नो जान्दछौं न त अर्काको सम्पदामा खुसी हुन सक्छौं । यसो भनिरहँदा सञ्चार माध्यम नै भाषाको जगेर्ना गर्ने शक्तिशाली आधार थियो, आजसम्म पनि मुख्य आधार हो र भोलि पनि रहिरहनुपर्छ । सवाल, राष्ट्रिय धरोहर र पहिचान रक्षाको हो । नेपाली भाषाको शुद्ध प्रयोग गर्ने र मातृभाषाको जगेर्नाको विषयमा हो ।

प्रसिद्ध भाषाविद् चूडामणि बन्धुले नेपाली भाषा संगोष्ठी–२०६७ मा उल्लेख गरेअनुसार भाषा चित्रात्मक लिपिबाट भावात्मक लिपि हुँदै आजका अक्षरात्मक र वर्णात्मक लिपिसम्म आइपुगेका हुन् ।

यसका साथमा भाषाका कुशल अध्येता कृष्णप्रसाद आचार्यले आफ्ना पुस्तकहरूमा उल्लेख गर्नुभएका अभिलेखकालीन इतिहासलाई नियाल्दा अशोकचल्ललगायत अक्षयमल्लको देवल अभिलेख (वि.सं. १३३७), आदित्यमल्लको ताघवाइ गुम्बाको ताम्रपत्र (वि.सं. १३७८), पृथ्वीमल्ल राईको कनकपत्र (वि.सं. १४१३) र निरयपालको ताम्रपत्र (सं. १४१९) पुगेर नेपाली भाषाको विकासलाई हेर्न सकिन्छ । यसको अर्थ एउटा भाषा जन्मिन, विकसित र विस्तारित हुन त्यसका लागि ध्वनि, वर्ण, रूप, वाक्यगत व्याकरणिक कोटिका साथै लिपि, वाङ्मय, शब्दकोश, साहित्यको विकास र विस्तार, प्रयोग चलनको पैmलावटजस्ता विविध अत्यावश्यकीय कार्यले प्रत्यक्ष सम्बन्ध राख्छ ।

एउटा भाषालाई जन्माएर लिपिदेखि साहित्यसम्मको विकास गरी विस्तार गर्नु कुनै चानचुने काम होइन । कैयौं समय घोत्लेर अनुसन्धान गरेर, खोजेर एउटा व्यस्थामा विकसित भाषालाई हाम्रा पुर्खाले नासोका रूपमा अर्पेका छन् तर हामी कति लापर्बाहीका साथ बेवास्था गर्दै आधुनिकताको बडप्पन देखाउनतिर अन्धो बनेका छौं । यो अत्यन्तै संवेदनशील विषय हो ।

भाषाले समाजसँग प्रत्यक्ष साइनो गाँसेको हुन्छ । संस्कृति उसको मेरुदण्ड हो । मानिस सामाजिक प्राणी भएकाले उसका लागि समाज र समाजलाई जोड्नका लागि संस्कृति चाहिन्छ । भाषाले मानव सभ्यताको साइनोलाई कसिलो बनाउन समन्वयकारी भूमिका खेलेको हुन्छ । यसर्थ सामाजिक संरचनामा भाषाको जगेर्ना अनिवार्य सर्त हो । भाषासँग साहित्य र साहित्यसँग ज्ञान तथा जीवनको वास्तविक आनन्द लुकेको हुन्छ । यसर्थ भाषासँग आनन्द लुक्छ । चिकित्साको कुरा गर्दा वि.सं. १७७३ तिर लेखिएको मानिने ज्वरोत्पत्ति चिकित्सामा ज्वरोका प्रकारदेखि औषधि विज्ञान लुकेको रहेछ । उपचार विधि रहेछ । यस मानेमा भाषा जीवन र जगत्को गहन तŒव लुकेको वाङ्मय रचनाको माध्यम हो । अतः यो मान्छेको अपूर्व सक्षमताको उपज हो । यसर्थ भाषामा पनि रोजगारको सम्भाव्यता प्रशस्तै रहन्छ, त्यसलाई खोजौं । अपनाऔं र भाषा सिकेर समाज र संस्कृति पनि बचाऔं, जीवन पनि चलाऔं ।

भाषालाई साझा सम्पत्तिका रूपमा स्वीकार गर्नु आवश्यक छ

नेपाली भाषालाई स्तरीय तथा मानक बनाउन बेलाबेलामा विविध भाषिक आन्दोलन भए जसरी नै अब बहुसंख्यक नेपाली ४४.६४ प्रतिशत मानिसको मातृभाषा तथा माध्यम भाषा नै नेपाली भाषा भएकाले बौद्धिक र प्राज्ञिक जमातले शुद्धीकरणको अभियानमुखी जागरणमा चासो देखाउनुपर्छ । विगतमा हलन्त वहिष्कार आन्दोलन (१९६५), झर्रोवादी आन्दोलन (२०१३), वर्णविन्यास सुधार आन्दोलन (२०३४) जस्ता भाषासम्बन्धी आन्दोलन भएका हुन् । यतिखेर भाषा शुद्धीकरण तथा ‘मातृभाषा बचाउ’ आन्दोलनको खाँचो छ ।

यो समाजलाई बदल्ने हो भने स्थानीय सम्भाव्यता केलाएर होमस्टे सञ्चालनसम्मको सोचमा भाषिक विकासको खाँचो छ किनकि हामीले होमस्टे चलाउँदा जसरी प्राचीन पद्धतिलाई विनिर्माण गर्छौं त्यसरी नै भाषाको उपयोग पनि गरौं । हामीले मरिमेटी अंग्रेजी घोक्ने मात्र होइन हाम्रा भाषा पनि सिक्ने र सिकाउने वातावरणतर्पm पनि सोचौं । पाश्चात्य समाजलाई हाम्रा कुरा पनि त सिकाउनेतिर सोचौं । अर्थतन्त्रको जगलाई बलियो बनाउन स्थानीय सरकारले त्यहाँका भाषा र संस्कृतिको समेत जगेर्ना गर्नतिर ध्यान देओस् । नेपालका भाषाको रक्षा गरियोस् ।

हिजो हलन्त बहिष्कार आन्दोलनका अग्रणी व्यतिm राममणि आ.दी.ले १९६५ सालमा माधवी पत्रिकामार्फत् हलन्त बहिष्कार आन्दोलनलाई चर्काए जसरी आजको सञ्चार माध्यमले यो पुनित कार्यमा कदम बढाओस् । यी विषयमा आमनेपालीले अपनत्व दिनु आवश्यक देखिन्छ । यो युगीन माग हो । समय त बदलिन्छ तर हामीले भोलिको पुस्ताका लागि भए पनि कमसेकम सोच्नु आवश्यक छ । भाषालाई साझा सम्पत्तिका रूपमा स्वीकार गर्नु आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 763 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चक्रघट्टामा जसपाका अध्यक्ष, उपाध्यक्ष निर्वाचित